यस्तो छ चिनियाँ राष्ट्रपतिलाई सुरक्षा तयारी, चीनबाटै चार वटा विशेष गाडी, शैक्षिक संघसंस्था विदा
काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङको आसन्न भ्रमणलाई लिएर सरकार सुरक्षा व्यवस्थाको तयारीमा जुटेको छ। सरकारले सीलाई राजकीय भ्रमणकै हैसियतमा ‘जेड प्लस’ सुरक्षा दिने तयारी गरेको छ। यो प्रकृतिको सुरक्षा राजकीय भ्रमणमा आउने अति विशिष्ट व्यक्ति (भीभीआईपी) लाई दिइन्छ। यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि ुजेड प्लसु सुरक्षा दिइएको थियो।
आफ्ना राष्ट्रपति नेपाल भ्रमणमा आउने भएपछि नेपालका ल...











