विराटनगर महानगरपालिका–१ बुद्धचोकका ५८ वर्षीय बाबुराम भट्राईले प्रेसर कुकरले हानेर आफ्नै श्रीमती ५३ वर्षीय मञ्जु भट्राईलाई घाइते बनाएका छन् ।

सामान्य घरसायी विवादमा बिहीबार श्रीमानको कुकर प्रहारबाट गम्भीर घाइते भएकी मञ्जुको कोसी अस्पतालमा उपचार भइरहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिँउजुले बताए ।

उनकाअनुसार मञ्जुको टाउकोमा गम्भीर चोट छ । प्रहरीले घरयासी विवाद भने पनि कस्तो विवादका कारण घटना भएको हो भन्ने बारेमा खुलाएको छैन । घटनापछि फरार रहेका बाबुरामको खोजी भइरहेको जानकारी प्रहरीले दिएको छ ।

तपाईको प्रतिक्रिया