थानकाेटमा ट्रिपरकाे ठक्करबाट एक जनाकाे निधन भएकाे छ । थानकोटबाट कंलकी जाँदै गरेको मोटरसाईकललाई बागेश्वरी तर्फ जाँदै गरेकाे ट्रिपरले ठक्कर दिँदा एक जनाको निधन भएको छ भने १ जना घाईते भएका छन् । थानकोटबाट कंलकी आउँदै गरेको बा २६प ४९०३ नम्बरकाे मोटरसाईकललाई चन्द्रागिरि नगरपालिका ११ सतुङगल स्थित बागेश्वरी अस्पताल ओरालोमा सोही दिशा तर्फ गईरहेको बा ३ ख ३८१७ नम्वरको ट्रिपरले ठक्कर दिँदा एक जनाको घटना स्थलमै निधन भएको हो ।

महानगरीय प्रहरी प्रभाग बलम्वुका प्रहरी निरीक्षक शकंर खड्काले निधन हुनेमा जिल्ला चितवन रत्ननगर १६ का वर्ष २५ का सुनिल अधिकारी भएको बताए । घाईते हुनेमा ललितपुर महाँलक्ष्मी नगरपालिका २ इमाडोल बस्ने ४१ टिका बहादुर बाँनिया रहेका छन् । दुर्घटनामा घाईते बाँनियाको ओम समाज अस्पताल सतुङगलमा उपचार भइरहेको छ । ट्रिपर र ट्रिपर चालक भने महानगरीय प्रहरी बलम्वुले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया