पानी बगिरहेको पैनीमा डुबेर मोरङको कटहरी गाउँपालिका–२ मा एक महिलाको बिहीबार मृत्यु भएको छ ।

केही समयदेखि त्यहीं वरपर मागी हिँड्ने तराई मुलको जस्तो देखिने अन्दाजी ५०÷५२ वर्षीय महिलाको पहिचान भने हुन नसकेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिँउजुले बताए ।

उनकाअनुसार सडकको साइडमा रहेको पैनीमा डुबेर महिलाको मृत्यु भएको अवस्थामा शव देखेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खवर गरेका थिए । शव पोस्टमार्टमका लागि कोसी अस्पतालमा राखिएको र घटनाका बारेमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया