सूचीकरण नभएका सामाजिक सञ्जाल आजैदेखि बन्द
काठमाडौं / सरकारले नेपालमा दर्ता (सूचीकरण) नगरेका फेसबुक, युट्युब, इन्स्टाग्राम, ट्वीटर (एक्स), लिंक्डइनलगायतका सामाजिक सञ्जाल तत्काल प्रभावबाट बन्द गर्ने निर्णय गरेको छ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज बसेको बैठकले एक साताभित्र सूचीकरण नगरेका सञ्जाललाई बन्द गर्ने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयनमा ल्याउने जनाएको हो।
हालसम्म टिकटक, भाइबर, निम्बुज, वीटक र ओपोलाइट सूचीकरण भइसकेका छन्...











