इटहरीका २४ वर्षिय विवेक दाहाल रुसको मस्कोमा सुतेकै अवस्थामा मृत फेला
अध्ययनका लागि करिब ९ महिना अघि रसियाको राजधानी मस्को पुगेका इटहरी ५,तुलसा टोलका २४ वर्षिय विवेक दाहालको निधन भएको छ ।
उनी केही महिना अघि उच्च शिक्षा हाँसिल गर्नका लागि रसिया पुगेका थिए । आईतबार राती खाना खाएर सुतेका उनी बिहान अचेत अवस्थामा फेला परेपछी उनका साथीहरूले नजिकैको अस्पताल र्पुयाएकोमा चिकित्सक हरुले मृत घोषित गरेका थिए ।
२४ वर्षको अल्पायुमै छोराको विदेशमा निधन भएपछी परिवार,आ...











