अध्ययनका लागि करिब ९ महिना अघि रसियाको राजधानी मस्को पुगेका इटहरी ५,तुलसा टोलका २४ वर्षिय विवेक दाहालको निधन भएको छ ।

उनी केही महिना अघि उच्च शिक्षा हाँसिल गर्नका लागि रसिया पुगेका थिए । आईतबार राती खाना खाएर सुतेका उनी बिहान अचेत अवस्थामा फेला परेपछी उनका साथीहरूले नजिकैको अस्पताल र्पुयाएकोमा चिकित्सक हरुले मृत घोषित गरेका थिए ।

२४ वर्षको अल्पायुमै छोराको विदेशमा निधन भएपछी परिवार,आफन्तजन तथा समग्र गाउँ नै शोकमा डुबेको छ । सुतेकै अवस्थामा मृत फेला परेका उनको हृदयघातबाट निधन भएको अनुमान चिकित्सकहरुले गरे पनि पोष्टमार्टम रिपोर्ट आएपश्चात मार्फत मृत्युको कारण यकिन हुने बताईएको छ ।

भोलि ९ बजे सम्ममा पोष्टमार्टम रिपोर्ट आईसक्ने र उनको शव नेपाल झिकाउन प्रकिया शुरु हुने पारिवारले जनाएको छ ।

Image may contain: 1 person, smiling, standing and outdoor

तपाईको प्रतिक्रिया