सुनसरीमा जलेर एक जनाको मृत्यु

सुनसरीमा जलेर एक जनाको मृत्यु
सुनसरी / सुनसरीको गढीमा जलेर एक जनाकाे मृत्यु भएकाे छ । गढी गाउँपालिका-२ का ५२ बर्षीय थुवा भनिने भुमीसुधार माझीको आगलागीमा परी मृत्यु भएको हाे । टाटीको बेरा, फुसको छानो भएको घरमा एक्लै सुतेका माझीको घरमा आज बिहान (राती) १ बजेको समयमा अचानक आगलागी हुँदा जलेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय दुहवीले जनाएको छ । घटनास्थलमा थप अनुसन्धानको लागि ईलाका प्रहरी दुहवीबाट प्रहरी टोली खटि गई ...

सासुससुराले छोरीसरह घरबाटै अन्माए बुहारी

सासुससुराले छोरीसरह घरबाटै अन्माए बुहारी
केराबारी / मोरङको केराबारी ९ भलुवाका कुवेरप्रसाद पोख्रेलका परिवारले आफ्नी एकल बुहारीको घरबाटै विवाह गरिदिएका छन् । २०६७ साल असार १४ गते २४ वर्षको अल्पायुमै कुवेरप्रसादको एक्लो छोरो पुण्यप्रसाद पोख्रलको निधन भएपछि एकल बनेकी बुहारी सुनिता पोख्रेललाई छोरी सरह उनीहरुले विवाह गरिदिएका हुुन् । दशवर्ष अगाडी एकल भएकी सुनिताको सासु ससुराले गाउँका आफन्त तथा भद्रभलादमी सबै बोलाएर झापा घैलाडुब्ब...

१३ वर्षीया बालिकामाथि सामूहिक बलात्कार, सात जना पक्राउ

१३ वर्षीया बालिकामाथि सामूहिक बलात्कार, सात जना पक्राउ
वीरेन्दन्द्रनगर– वीरेन्दन्द्रनगरकी १३ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–३ का २३ वर्षीय लालबहादुर रावत, १९ वर्षीय महेश हमाल, १९ वर्षीय तर्क रिजाल, १८ वर्षीय सुदीप खड्का, वडा नं ४ का २३ वर्षीय धनबहादुर खत्री, बराहताल गाउँपालिका–२ का २३ वर्षीय रोशन वली र २१ वर्षीय नरेश बुढा रहेको जिल्ला प्रहरी कार्यालयका प...

सिन्धुपालचोकको गुन्सामा एक युवकको बिभत्स हत्या

सिन्धुपालचोकको गुन्सामा एक युवकको बिभत्स हत्या
सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका वडा नम्बर ५ गुन्सामा गएराति एक युवाको बिभत्स हत्या भएको छ । पाँचपोखरी थाङ्पालगाउँपालिकाकै बिजय गोलेको गएराति सवा १० बजे शिर छेदन गरी हत्या भएको इलाका प्रहरी कार्यलय मेलम्चीका प्रहरी निरिक्षक महेन्द्र दर्नालले जानकारी दिए । सोहि गाउँपालिकाकै बर्ष २३ का मिलन स्याङ्बो र बर्ष २४ का बमबहादुर स्याङबोले हत्या गरी फरार भएको प्रहरीको अनुस...

कतारद्वारा कामदारलाई न्यूनतम तलब तोक्ने कानुन पारित, नेपाली कामदारलाई ठूलो राहत

कतारद्वारा कामदारलाई न्यूनतम तलब तोक्ने कानुन पारित, नेपाली कामदारलाई ठूलो राहत
दोहा / रोजगारीको गन्तव्य रहेको कतारमा झन्डै ४ लाख नेपाली कामदार कार्यरत छन् । कतार सरकारले न्यूनतम तलब तोक्ने कानुन पारित गरेसंगै कतारमा रहेका नेपाली कामदारहरुलाई ठूलो राहत हुने भएको छ । कानुनमै न्युनतम तलबको व्यवस्था लागु भएपछि अहिले जस्तो कतार आउने अदक्ष कामदारको तलब ९ सय रियाल निर्धारण गरेपनि रोजगारदातालाई कतारले ७ सय ५० रियाल दिन मात्रै बाध्य बनाएको अवस्था हट्नेछ । यसका साथै नेपाली लगायत स...

किन सीआईबीमै अड्कियो ललिता निवासको छानबिन !

किन सीआईबीमै अड्कियो ललिता निवासको छानबिन !
काठमाडौँ । बालुवाटारस्थित ललिता निवास र त्यसले चर्चेको सरकारी जग्गा हिनामिनासम्बन्धी अनुसन्धान प्रतिवेदन ३ महिनाभित्र पेस गर्ने जिम्मा पाएको प्रहरीको छानबिन समिति पटक–पटक म्याद थप गर्दा पनि निष्कर्षमा पुग्न सकेको छैन । दुईपटक गरी थपिएको चार महिनामा समेत अनुसन्धान नटुंगिएपछि सरकारले बिहीबार फेरि दुई महिना समय थपेको छ । ०७५ फागुन २८ गते बसेको मन्त्रिपरिषद् बैठकले ललिता निवासले चर्चेको करिब १ सय १...

सन्दर्भ एनआरएनए चुनाव, २५७० मतदातामा २३४४ मत खस्यो

सन्दर्भ एनआरएनए चुनाव, २५७० मतदातामा २३४४ मत खस्यो
काठमाडौँ । गैर आवासीय नेपाली संघ ९एनआरएनए० को नयाँ नेतृत्वका लागि बिहीबार भएको मतदान साँझ सकिएको छ । कुल २५७० मतदाता मध्य २३४४ मत खसेको निर्वाचन समितिका सदस्य कुलप्रसाद पाण्डेले जानकारी दिए। उनका अनुसार युरोपबाट ९२०, अमेरिकाबाट २७१, अष्ट्रेलिया, र न्युजिल्याण्डबाट २१५, एसियाबाट ४६२, मध्यपूर्वबाट ४६० र अफ्रिकाबाट १६ मत खसेको छ। बिहीबार बिहान साढे १० बजेबाट मतदान सुरु भएको थियो। बुधबार राति ८...

रवि लामिछानेको विदेश जानु परेमा अनुमति लिनुपर्ने आदेश उच्च अदालत पाटनको हेटौंडा इजलासले खारेज

रवि लामिछानेको विदेश जानु परेमा अनुमति लिनुपर्ने आदेश उच्च अदालत पाटनको हेटौंडा इजलासले खारेज
काठमाडौँ । शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन मुद्दाका अभियुक्त कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई उपचारका लागि विदेश जानु परेमा चितवन जिल्ला अदालतको अनुमति लिनुपर्ने आदेश उच्च अदालत पाटनको हेटौंडा इजलासले खारेज गरेको छ । यो मुद्दामा चितवन जिल्ला अदालतबाट भएका अरु आदेशहरु सदर भए। चितवन जिल्ला अदालतबाट गएको भदौ ९ गते यो मुद्दामा थुनछेक आदेश भएको थियो। ‘अभियुक्त रहेका रवि लामिछाने र यु...

कस्ले दियो सुराकी ! विप्लव नेकपा बैठकमा प्रहरीको छापा : विप्लवका दाजुसहित २१ जना पक्राउ

कस्ले दियो सुराकी ! विप्लव नेकपा बैठकमा प्रहरीको छापा : विप्लवका दाजुसहित २१ जना पक्राउ
काठमाडौँ । प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका २१ जना नेता कार्यकर्तालाई पक्राउ गरेको छ । बुधबार राति दाङको एक जंगलमा बैठक बसेको सूचनापछि परिचालित प्रहरी टोलीले विप्लवका सहोदर दाजुसहित २१ जनालाई पक्राउ गरेको हो । उनीहरूका साथबाट केही हतियार, विस्फोटक, पदार्थ, महŒवपूर्ण दस्तावेज बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा विप्लवका दाजु तथा केन...

इटहरीका इश्वर भए सुनसरीको उत्कृष्ट प्रहरी

इटहरीका इश्वर भए सुनसरीको उत्कृष्ट प्रहरी
इटहरी । इलाका प्रहरी कार्यलय इटहरीमा कार्यरत प्रहरी जवान इश्वर खतिवडा भाद्र महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन । इटहरी क्षेत्रमा कार्यरत विभागिय मुल्य मान्यता र लगनशीलता देखाएको भन्दै जिल्ला प्रहरी कार्यलय सुनसरीले भाद्र महिनाको उत्कृष्ट प्रहरी घोषित गरेको हो । इटहरी क्षेत्रमा चोरी लागु औषध ओसार पसार लगायतका गतिविधिमा संलग्न अपराधीहरुलाई पक्राउ गरेको भन्दै खतिवडालाई उत्कृष्ट प्रहरी घोषित...