काठमाडौँ । प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका २१ जना नेता कार्यकर्तालाई पक्राउ गरेको छ । बुधबार राति दाङको एक जंगलमा बैठक बसेको सूचनापछि परिचालित प्रहरी टोलीले विप्लवका सहोदर दाजुसहित २१ जनालाई पक्राउ गरेको हो । उनीहरूका साथबाट केही हतियार, विस्फोटक, पदार्थ, महŒवपूर्ण दस्तावेज बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा विप्लवका दाजु तथा केन्द्रीय सदस्य एवं लुम्बिनी ब्युरो इन्चार्ज र मध्यपश्चिम कमान्ड इन्चार्ज चन्द्रबहादुर चन्द ९वीरजङ०, राप्ती ब्युरो इन्चार्ज केशवबहादुर बाँठा मगर ९सुवास०, राप्ती ब्युरो एवं न्याय विभाग समिति जिल्ला संयोजक रामबहादुर थापा ९सुन्दर० राप्ती ब्युरो कार्यालय सचिव सविन पोख्रेल, दाङ जिल्ला इन्चार्ज यमलाल कटुवाल ९विक्रम० छन् । यसैगरी दाङ जिल्ला सेक्रेटरी प्रदीप वली, युवा संगठन नेपाल, केन्दीय अध्यक्ष बविन केसी ९पाटन, जंगली० बुद्धिजिवी सुनिल पौडेल, दाङ एरिया नम्बर ४ इन्चार्ज एकराज चौधरी, दाङ एरिया नम्बर १ इन्चार्ज धनबहादुर बोहोरा ९महान०, पूर्वजनमुक्ति सेना तिलक पुन, दलित राष्ट्रिय मुक्ति मोर्चा जिल्ला अध्यक्ष सुरज विक, पार्टी सदस्य हितप्रसाद रोका, पार्टी सदस्यहरू पोस्टमान घर्ती, दलबहादुर खत्री, अमित घर्तिमगर, बालकृष्ण शर्मा, रमेश आचार्य, कुलबहादुर वली र विष्णु थापालगायत रहेका छन् ।

गोप्य सूचनाका आधारमा गएको नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले राप्ती ब्युरोको बैठक बसिरहेको समयमा दाङको राजपुर गाउँपालिका–४ मरठेस्थित एक घरबाट राति १ बजे प्रहरीले घेरा हालेर पक्राउ गरेको प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी दिए । ‘२१ केन्द्रीय र स्थानीय नेता पक्राउ पर्नुका साथै हतियार, विस्फोटक पदार्थ र केही महŒवपूर्ण दस्तावेज प्रहरीले बरामद गरेको छ,’ दाङका प्रमुख जिल्ला अधिकारी रिजालले भने, ‘सबै विवरण त मैले पनि प्राप्त गरेको छैन । तर, प्रहरीले अनुसन्धान गरिहेको छ ।’ थप विवरण शुक्रबार उपलब्ध गराइने जिल्ला प्रहरी कार्यालय दाङका प्रुमख प्रहरी उपरीक्षक जनक भट्टराईले जानकारी दिए । अाजकाे राजधानी दैनिकमा खबर रहेकाे छ ।

तपाईको प्रतिक्रिया