इटहरी । इलाका प्रहरी कार्यलय इटहरीमा कार्यरत प्रहरी जवान इश्वर खतिवडा भाद्र महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन । इटहरी क्षेत्रमा कार्यरत विभागिय मुल्य मान्यता र लगनशीलता देखाएको भन्दै जिल्ला प्रहरी कार्यलय सुनसरीले भाद्र महिनाको उत्कृष्ट प्रहरी घोषित गरेको हो ।

इटहरी क्षेत्रमा चोरी लागु औषध ओसार पसार लगायतका गतिविधिमा संलग्न अपराधीहरुलाई पक्राउ गरेको भन्दै खतिवडालाई उत्कृष्ट प्रहरी घोषित भएको जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रमुख यज्ञविनोद पोखरेलले बताए ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रिया