सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका वडा नम्बर ५ गुन्सामा गएराति एक युवाको बिभत्स हत्या भएको छ ।

पाँचपोखरी थाङ्पालगाउँपालिकाकै बिजय गोलेको गएराति सवा १० बजे शिर छेदन गरी हत्या भएको इलाका प्रहरी कार्यलय मेलम्चीका प्रहरी निरिक्षक महेन्द्र दर्नालले जानकारी दिए ।

सोहि गाउँपालिकाकै बर्ष २३ का मिलन स्याङ्बो र बर्ष २४ का बमबहादुर स्याङबोले हत्या गरी फरार भएको प्रहरीको अनुसन्धानबाट पत्ता लागेको छ ।

फरार रहेका २ अभियुक्तको खोजिकार्य जारि रहेको जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकका सुचना अधिकारी माधब प्रसाद काफ्लेले जानकारी दिए ।

शवको पोष्टमार्टमका लागि मेलम्ची ल्याइएको इलाका प्रहरी कार्यलय मेलम्चीका प्रहरी निरिक्षक महेन्द्र दर्नालले जानकारी दिए। बिहीबार दिउँसो सामान्य विबाद भएको त्यहि विबादलाइ लिएर बेलुका माधक पदार्थ सेवन गरी हत्या गरेको हुन सक्ने प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया