अब रगतको होइन,जनताको मनको शासन हुनुपर्छ : माधब नेपाल

अब रगतको होइन,जनताको मनको शासन हुनुपर्छ : माधब नेपाल
विराटनगर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष समेत रहेका पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले कुनै पनि गाउँको हुलडबाजले मान्छे जम्मा पारेर आन्दोलन गर्नुलाई लोकप्रियता मान्न नसकिने बताएका छन् । विराटनगरमा पत्रकारहरुसंग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । ‘जो सुकैले पनि मान्छे भेला पार्न सक्छ तर त्यसको वास्तविक मूल्याङ्कन गर्दा मुद्धाहरू समसामयिक छन् कि छैनन,’ उनले भने ‘अहिलेको आवश्यकतासँग मेल...

सुनसरीको हरिनगरमा आगलागी : २९ घर जलेर नष्ट

सुनसरीको हरिनगरमा आगलागी : २९ घर जलेर नष्ट
इटहरी : सुनसरीको हरिनगर गाउँपालिका–५ स्थित वसन्तपुरमा आगलागी हुँदा २९ वटा घर जलेर नष्ट भएको छ । दिउँसोको समयमा सबिर मियाँको भान्सा घरबाट भएको आगलागीमा १३ परिवारको २९ वटा घर जलेर नष्ट भएको हो । आगलागीबाट १३ घर परिवारको घरका लत्ताकपडा, नगद, गरगहना, धान, गहुँ, चामल लगायत घरायसी सरसामान पूर्ण रूपमा जलेर नष्ट भएका छन् । प्रहरीको अनुमानित आँकडा अनुसार आगलागीबाट अनुमानित ६५ लाख भन्दा बढीको...

आज १९ चैत्र २०८१ मंगलवारको राशिफल

आज १९ चैत्र २०८१ मंगलवारको राशिफल
मेष । प्रतिष्ठित कार्य गर्ने समय रहेको छ। आफन्तहरूको माझमा रमाइलो समय व्यतीत हुनेछ। विद्यार्थीहरूको बौद्धिक क्षेत्रमा विकास हुनेछ। स्वास्थ्य अनुकूल रहनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ७ रहेको छ। वृष । कार्यक्षेत्रमा आएका बाधाहरूलाई पन्छ्याउँदै लगनशीलताले अगाडि बढ्नुहोस् सफलता मिल्नेछ। यात्रा गर्दा सावधान रहनुहोला। अनावश्यक किनमेल गर्दा खर्चमा वृद्धि हुनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २...

कोशीका विभिन्न स्थानबाट प्रतिबन्धित लागुऔषध सहित ६ जना पक्राउ

कोशीका विभिन्न स्थानबाट प्रतिबन्धित लागुऔषध सहित ६ जना पक्राउ
झापा, मोरङ सुनसरी र उदयपुर जिल्लाहरुको बिभिन्न स्थानहरुबाट चैत्र १७ गते प्रतिबन्धित लागुऔषध सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । झापाको अर्जुनधारा नगरपालिका-११ नँया बसपार्क स्थितबाट अस्थायी प्रहरी पोष्ट नँया बसपार्कको प्रहरी टोलीले ताप्लेजुङ मेरीङदेन गाउँपालिका-२ की १९ बर्षीया बर्षा केदेमलाई २ ग्राम १९० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित नियन्त्रणमा लिएको हो भने लागुऔषध नियन्त्रण ब्यूरो काँकरभ...

सुनसरीमा ट्रयाक्टरको डालाबाट लडेर एक युवतीको मृत्यु

सुनसरीमा ट्रयाक्टरको डालाबाट लडेर एक युवतीको मृत्यु
इटहरी : सुनसरीमा ट्रयाक्टरको डालाबाट लडेर एक युवतीको मृत्यु भएको छ । सुनसरीको हरिनगरा गाउँपालिका ३ गौतमपुरस्थित भित्री ग्राभेल सडकखण्डमा हात्तीमुडाबाट भुटाहातर्फ जाँदै गरेको प्र १-०२-००३ त ५०९ नम्बरको ट्रयाक्टरको (ईट्टा बोकेको) डालामा सवार युवतीको मृत्यु भएको हो । मृत्यु हुनेमा हरिनगरा २ बस्ने २० वर्षीया जुलेशा खतुन रहेकी छन् । उनी ट्रयाक्टरबाट अचानक लडेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको...

इटहरीको टेङ्ग्रा खोलामा पुरुष मृत फेला

इटहरीको टेङ्ग्रा खोलामा पुरुष मृत फेला
इटहरी उपमहानगरपालिका–६ हटियालाइन नजिक टेङ्ग्रा खोलाको पानीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। हिजो (शनिबार) राति करिब ८ः२५ बजे स्थानीयले खोलाको २ फिट गहिरो पानीमा एक व्यक्ति घोप्टो अवस्थामा रहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनाबारे सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय इटहरीबाट डीएसपी लक्ष्मी भण्डारीको नेतृत्वमा अनुसन्धान टोली सहित घटनास्थलमा पुगेको थियो। मृतकको अन्दाजी उ...

सुनको मूल्यमा नयाँ रेकर्ड

सुनको मूल्यमा नयाँ रेकर्ड
आइतबार नै सुनको मूल्यमा नयाँ रेकर्ड बनेको छ । अघिल्लो दिनको तुलनामा आज मूल्य प्रतितोला ६ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार लागि सुनको भाउ प्रतितोला १ लाख ७६ हजार ८ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ७६ हजार २ सय रुपैयाँ थियो ।

आठबीसकोटको नापी कार्यालयको बोर्डमा ‘आई लभ यु प्रमिला’ !

आठबीसकोटको नापी  कार्यालयको बोर्डमा ‘आई लभ यु प्रमिला’ !
रुकुम पश्चिमको आठबीसकोट नगरपालिकास्थित नापी कार्यालयको साइनबोर्ड ह्याक भएको छ । कायर्यालयको डिजिटल बोर्ड ह्याक गरेर ‘i love u parmila, i really love you’ लेखिएको छ । नगरपालिकाका मेयर रबि केसीले डिजिटल बोर्डबाट ह्याकरले नापी कार्यालयको नाम हटाएर अर्कै डिस्प्ले गरेको जानकारी दिए । ‘बोर्डमा त्यस्तो देखिएको हो । ह्याक भएको हो’, उनले भने । कार्यालयका प्रमुख मन आग्रीले आफू बाहिर रहेको तर आफ...

बेलबारीको होटलमा तासको अड्डा, ८ जना पक्राउ

बेलबारीको होटलमा तासको अड्डा, ८ जना पक्राउ
बेलबारी । मोरङको बेलबारीमा रहेको एउटा होटलमा सञ्चालित तासको खाल (तासको अड्डा)मा प्रहरीले छापा हानेको छ । होटलको ताल खालमा छापा हानेर प्रहरीले ८ जनालाई पक्राउ गरेको छ । तास खेलिरहेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर कृष्णबहादुर खत्री नेतृत्वको टोलीले बेलबारी नगरपालिका–१० भाउन्नेमा रहेको एक होटलमा शनिबार साँझ ६ः४० बजेतिर छापा हानेको हो । त्यस क्रममा तास खेलिरहेका ...

ताप्लेजुङमा पानीको ट्यांकीमा डुबेर ६ वर्षीया बालिकाको मृत्यु

ताप्लेजुङमा पानीको ट्यांकीमा डुबेर ६ वर्षीया बालिकाको मृत्यु
ताप्लेजुङ : ताप्लेजुङको सिरिजंगा गाउँपालिका–४ मा एक बालिकाको डुबेर मृत्यु भएको छ ।स्थानीय ६ वर्षीया बालिका इतुङना मावोको पानीको ट्यांकीमा डुबेर मृत्यु भएको हो ।सिमेन्टले प्लास्टर गरिएको पानीको ट्यांकीमा डुबिरहेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय तेल्लोकका प्रहरी निरीक्षक दुर्गा खनालले जानकारी दिए ।बेहोस अवस्थामा भेटिएकी उनलाई तत्कालै प्राथमिक स्वास्थ्य केन्द्र पुर्‍याइए पनि चिकित्सकले म...