झापा, मोरङ सुनसरी र उदयपुर जिल्लाहरुको बिभिन्न स्थानहरुबाट चैत्र १७ गते प्रतिबन्धित लागुऔषध सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । झापाको अर्जुनधारा नगरपालिका-११ नँया बसपार्क स्थितबाट अस्थायी प्रहरी पोष्ट नँया बसपार्कको प्रहरी टोलीले ताप्लेजुङ मेरीङदेन गाउँपालिका-२ की १९ बर्षीया बर्षा केदेमलाई २ ग्राम १९० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित नियन्त्रणमा लिएको हो भने लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलिले झापाको मेचीनगर नगरपालिका-६ स्थितबाट कमल गाउँपालिका-४ का ३८ बर्षीय संयोग बस्नेत र दमक नगरपालिका-८ का ३४ बर्षिय अंकित कार्कीलाई ९ ग्राम ७ सय ८० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो । यसैगरी बिशेष सुचनाको आधारमा सुनसरीको अस्थायी प्रहरी पोष्ठ विजयपुरबाट खटिएको प्रहरीको टोलीले धरान उप-महानगरपालिका-१४ की १८ बर्षीया आकृती परियारलाई निजकै घरको कोठाबाट लागुऔषध ट्रामाडोल ११७ क्याप्सुल, प्रतिबन्धित औषधी स्पास्पेन ११७ ट्याब्लेट सहित नियन्त्रणमा लिएको हो भने सुनसरीको ईनरुवा नगरपालिका-९ का ३६ बर्षीय जितेन चौधरीलाई १ ग्राम लागुऔषध ब्राउनसुगर चेक जाँच गर्दा प्रहरीले पक्राउ गरिएको हाे । सशस्त्र प्रहरी आउट पाेष्ट लाैकहीवाट डियुटीमा खटिएको जवान नवीन कुमार मण्डलले चाैधरीलाई चेक जाँच गर्दा साइकलकाे हेण्डिलमा कालाे प्लास्टिकमा १ ग्राम लागुऔषध ब्राउनसुगर सहित रहेकाे अवस्थामा चाैधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यसका साथै लागुऔषध नियन्त्रण ब्यूरो विराटनगरको प्रहरी टोलीले मोरङ केराबारी गाउँपालिका-६ का ३५ बर्षीय युवराज कटुवाललाई बिराटनगर महानगरपालिका-१६ स्थितबाट ३ ग्राम २५ मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो । यस्तै उदयपुरको इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला र प्रहरी चौकी कोठुबाट खटिएको संयुक्त प्रहरी टोलीले बेलका नगरपालिका-८ आराङ्गा स्थित भित्रि सडक खण्डमा जेब्रा झोलामा बेबारीसे अवस्थामा राखिएको १५ किलो लागुऔषध गाँजा फेलापारी बरामद गरको थियो ।
तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार
झापा कमलमा दुर्घटना हुँदा दुलालकाे मृत्यु
झापा कमल गा.पा.२ समयगढस्थित भित्रि सडक खण्डमा सडक दुर्घटना भइ उपचारका क्रममा कमल २ का धान्यप्रसाद दुलालकाे मृत्यु भएकाे ...
मेरिल्याण्डमा विद्यार्थीको ओइरो
विराटनगर / शैक्षिक गुणस्तर, उत्कृष्ट परीक्षाफल र अनुशासित अध्ययन वातावरणका कारण विराटनगरस्थित मेरिल्याण्ड कलेजप्रति विद्...
घरमा बुवा बिते, काजकि’रिया गर्न नेपाल फर्किन लागेका सन्तोष कम्बोडियामै अ,स्ताए
धादिङको धुनिवेशी नगरपालिका–९ जुगेडीका ४१ वर्षीय सन्तोष राई वैदेशिक रोजगारीका लागि कम्बोडिया पुगेका थिए। तर नियतिले यस्तो...
रामधुनीमा आदर्श मावि उत्कृष्ट, केही विद्यालयको नतिजा चिन्ताजनक
सुनसरी / रामधुनी नगरपालिकाले शैक्षिक सत्र २०८२ अन्तर्गत सामुदायिक विद्यालयहरूको माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजा सार...
स्थानीय तहको नक्सा फेरिने!’ चुनावअघि ६ महिनामै सिमाना हेरफेर
काठमाडौँ : सरकारले आगामी वर्ष (२०८४) मा हुने स्थानीय तह निर्वाचनभन्दा छ महिनाअघि मात्रै स्थानीय तहको सङ्ख्या र सिमाना हे...
जनप्रिय माविको SEE नतिजा सबैभन्दा कमजोर, शिक्षा शाखाको ध्यानाकर्षण आवश्यक
बुढीगंगा गाउँपालिका / बुढीगंगा गाउँपालिकाभित्र रहेका विद्यालयहरूको शैक्षिक सत्र २०८२ को SEE नतिजा सार्वजनिक हुँदा जनप्रि...
















