इटहरी : सुनसरीको हरिनगर गाउँपालिका–५ स्थित वसन्तपुरमा आगलागी हुँदा २९ वटा घर जलेर नष्ट भएको छ ।

दिउँसोको समयमा सबिर मियाँको भान्सा घरबाट भएको आगलागीमा १३ परिवारको २९ वटा घर जलेर नष्ट भएको हो ।

आगलागीबाट १३ घर परिवारको घरका लत्ताकपडा, नगद, गरगहना, धान, गहुँ, चामल लगायत घरायसी सरसामान पूर्ण रूपमा जलेर नष्ट भएका छन् ।

प्रहरीको अनुमानित आँकडा अनुसार आगलागीबाट अनुमानित ६५ लाख भन्दा बढीको क्षति भएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया