रौतहट सुटकेस हत्या प्रकरणः आरोपी लक्ष्मण पासवानको मृत्यु
रौतहट : रौतहटको चर्चित सुटकेस हत्या प्रकरणमा संलग्न भनिएका आरोपी लक्ष्मण पासवानको मृत्यु भएको छ।
शनिबारदेखि बेपत्ता भएकी माधवनारायण नगरपालिका–१ की रुबी साहको शव सुटकेसभित्र फेला परेपछि अनुसन्धानमा संलग्न प्रहरीले उनलाई प्रमुख आरोपितका रूपमा पहिचान गरेको थियो।
पासवान आज बिहान आत्मदाह प्रयासपछि गम्भीर घाइते अवस्थामा फेला परेका थिए। माधवनारायण नगरपालिका–६ स्थित नहर नजिक पेट्रोल छर्केर आगो लगा...











