मोवाइल चार्ज गरिदिने बाहनामा युवतीको सामुहिक बलात्कार

मोवाइल चार्ज  गरिदिने बाहनामा युवतीको सामुहिक बलात्कार
पुस २१, सिरहा ।  गएराती सिरहामा एक युवतीलाई मोवाइज चार्ज गरिदिने बहानामा सामुहिक बलात्कार गरिएको छ । सिरहाको गोलबजार नगरपालिका–६ मा सिरहाकै विष्णुपुर गाउँपालिका घर भएकी युवतीको सामुहिक बलात्कार भएको हो । गोलबजारमा आफन्तकोमा आउँदै गरेकी उक्त युवतीको मोबाइल ‘अफ’ भएपछी उनी मोवाईज चार्ज गर्न  सोही स्थानकै मनकामना हेयर कटिङ सैलुनमा पुगेकी थिईन् । सैलुन भित्र रहेका धनगढीमाई नगरपालिका–८, बहुवा...

चितुवाको आक्रमणबाट ज्यान गुमाउनेलाई राहत

चितुवाको आक्रमणबाट ज्यान गुमाउनेलाई राहत
दमौली / चितुवाको आक्रमणबाट ज्यान गुमाउने तनहुँको भानु नगरपालिकास्थित दुई बालकका परिवारलाई डिभिजन वन कार्यालय तनहुँले राहत उपलब्ध गराएको छ । चितुवाको आक्रमणबाट मृत्यु भएका भानु नगरपालिका–१ जामुनेगैह्राका तीन वर्षीय आशिष बानियाँ र –२ फुस्रेटारका सात वर्षीय ऋतिक रोकाको परिवारलाई वन कार्यालयले जनही रु नौ लाख ५० हजार उपलब्ध गराएको हो । कार्यालयले घटनालगत्तै किरिया खर्चबापत रु ५०÷५० हजार पीडित परि...

मौरीको टोकाइबाट महिलाको मृत्यु

मौरीको टोकाइबाट महिलाको मृत्यु
चितवनमा वन मौरीको टोकाइबाट एक महिलाको मृत्यु भएको छ । आइतबार अपराह्न पूर्वी चितवनको रत्ननगर नगरपालिका ९ बेलटाँडी बस्ने ७६ वर्षीया ठगिया थरुनीको मृत्यु भएकको छ । घरमै बसिरहनुभएकी थरुनीलाई वन मौरीको हुल आएर टोक्दा गम्भीर घाइते हुनुभएको थियो । उहाँलाई तत्कालै उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर ल्याइएको थियो । उहाँको उपचारको क्रममा मृत्यु भएको चितवन प्रहरीले जानकारी दिएको छ । शव परीक्षणका लागि भ...

अष्ट्रेलियाको डढेलोले निम्त्याएको ह्दय रुवाउने दृष्य, १८ मानिससहित ५० करोड जनावर मृत्यु (फोटो फिचर)

अष्ट्रेलियाको डढेलोले निम्त्याएको ह्दय रुवाउने दृष्य, १८ मानिससहित ५० करोड जनावर मृत्यु (फोटो फिचर)
काठमाडौं, २० पुस । खतराको स्तरमा पुगेको अष्ट्रेलियाको जङ्गलमा लागेको भीषण डढेलोले अष्ट्रेलिया सरकारलाई मात्र समस्यामा पारिरहेको छैन, यसको बढ्दो क्षतिले विश्व समुदायलाई नै अत्याएको छ ।चार महिनादेखिको डढेलो नियन्त्रणमा आउने भन्दा बढी नियन्त्रण बाहिर गइरहेको छ । गत सेप्टेम्बरदेखि लागेको यो डढेलोले मानिस र जनावरलाई भयानक रुपमा प्रभावित पारेको छ । डढेलोका कारण अहिलेसम्म १८ जनाको ज्यान गइसकेको छ...

गिजरमा नुहाउने क्रममा ललितपुरमा एक जनाको मृत्यु

गिजरमा नुहाउने क्रममा ललितपुरमा एक जनाको मृत्यु
काठमाडाैं । गिजरमा नुहाउने क्रममा बेहोश भई ललितपुरमा एक जनाको मृत्यु भएको छ । सातदोबाटोस्थित सरिबा गर्ल्स होष्टेल बस्ने पर्सा बीरगञ्ज घर भएकी १९ वर्षीया जोनित चौहानको मृत्यु भएको प्रहरीले जनाएको छ । होष्टेलको बाथरुममा गिजरमा नुहाउने क्रममा अचानक बेहोश भएपछि तत्काल पाटन अस्पताल लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको  प्रहरीले जनाएकाे छ ।

पर्यटनमन्त्री भट्टराई अष्ट्रेलिया प्रस्थान

पर्यटनमन्त्री भट्टराई अष्ट्रेलिया प्रस्थान
काठमाडौं / नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन कार्यक्रममा सहभागी हुन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई अष्ट्रेलिया पुगेका छन्। यही पुस २२ गते अअष्ट्रेलियाको सिड्नीमा आयोजना हुने भ्रमण वर्षको उद्घाटनका लागि पर्यटनमन्त्री गएराति अष्ट्रेलिया गएको पर्यटन मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङले जानकारी दिए । पुस २२ तारिखका दिन विदेशस्थित नेपाली दूतावासमा भ्रमण वर्षको उद्...

सुर्खेतमा ३ सय छाउगोठ भत्काइयो

सुर्खेतमा  ३ सय छाउगोठ भत्काइयो
सुर्खेत / जिल्ला प्रशासन कार्यालयको अगुवाइमा सुर्खेतमा ३०० छाउगोठ भत्काइएको छ। सरकारले छाउगोठ हटाउन स्थानीय प्रशासनलाई निर्देशन दिएपछि प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारी नेतृत्वको टोलीले तीन दिनको अवधिमा ३०० छाउगोठ भत्काएको हो। जिल्ला प्रशासन कार्यालयले पश्चिम सुर्खेतका पञ्चपुरी नगरपालिका, बराहताल गाउँपालिका र चौकुने गाउँपालिकामा छाउगोठ भत्काउने अभियानलाई पहिलो प्राथमिकतामा राखेको छ। यहाँका...

इटहरीमा लाईसेन्स माग्दै सफारी चालक आन्दोलित

इटहरीमा लाईसेन्स माग्दै सफारी चालक आन्दोलित
  इटहरी । लामो समय देखि लाईसेन्ससवारी चालक अनुमती पत्र नपाएका सफारी चालकहरु स्थानीय सरकार विरुद्ध खनिएका छन । लाईसेन्स नपाए पछि विरक्तीएका सफारी चालकहरुले स्थानीय सरकारले लाईसेन्स वितरण गर्ने माग गरे । लाईसेन्स वितरण प्रणालीमा यातायात कार्यलयले समेत वेवस्ता गदै आएको भन्दै सफारी चालकहरु आक्रोशित भएका हुन । लामो समय देखि सफारी चलाएर घरबार चलाउँदै आएका उनीहरुले लाईसेन्स समयमा नपाएको भन...

गृहकार्य नगरेकाे भन्दै शिक्षकबाट विद्यार्थी कुटिए

गृहकार्य नगरेकाे भन्दै शिक्षकबाट विद्यार्थी कुटिए
पुष २०, काठमाडौं । गृहकार्य नगरेको भन्दै रुपन्देहीको एक विद्यालयका विद्यार्थी शिक्षकबाट कुटिएका छन् । रुपन्देही सम्मरीमाई गाउँपालिका–६ को ज्ञानदीप बोर्डिङ्ग स्कुलमा कक्षा ५ मा अध्ययरत तौफिक धुनिया शिक्षक शैलेन्द्र बरईबाट निर्घात कुटिएका हुन् । कुटाइबाट उनको आँखामा गम्भीर चोट लागेको छ । आँखा सुन्निएर राम्रोसँग हेर्न पनि सकेका छैनन् । उनी हाल भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा उपचार...

ट्रकले ठक्कर दिँदा दुईजनाको मृत्यु

ट्रकले ठक्कर दिँदा दुईजनाको मृत्यु
  दमक / पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको दमकमा गए राति भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । तीन घाइते भएका छन् । दमक–९ स्थित क्याम्पसमोडमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे१ह ४९१९ नंको अटोरिक्सालाई विपरीत दिशाबाट आइरहेको भारतीय नम्बरको बीआर ०७ जी एच ७८ को ट्रकले ठक्कर दिँदा अटोरिक्साका चालकसहित दुईको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परी मृत्यु हुनेम...