चट्याङ लागेर एकै परिवारका पाँच जना घाइते

चट्याङ लागेर एकै परिवारका पाँच जना घाइते
चट्याङ लागेर बाँकेमा पाँच जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार नेपालगन्ज उपमहानगरपालिका–१३, महापुर्वाका गुरुदीन खटिकको घरमा शुक्रवार विहान करिव ४ बजेतिर परेको चट्याङ लागेर उनीसहित पाँच जना घाइते भएका हुन् । घाइते सबैको भेरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनीहरुको अवस्था सामान्य रहेको छ । चट्याङ लागेर खटिकको एउटा बंगुर मरेको बाँके प्रहरीले जनाएको छ।

कम्पनी रजिस्ट्रार कार्यालय बिचौलियाको घेराबन्दीमा

कम्पनी रजिस्ट्रार कार्यालय बिचौलियाको घेराबन्दीमा
काठमान्डाैं / कम्पनी रजिस्ट्रारको कार्यालय त्रिपुरेश्वरमा बिहीबार करिब ११ बजेतिर विद्युत् लाइन गयो । सेवाग्राहीको चाप थियो । विकल्पमा जेनेरेटर राखिए पनि तत्कालै सञ्चालन भएन । अनलाइनबाट नयाँ कम्पनी दर्ताको फाराम जाँच गरिरहेका कर्मचारी घाम ताप्न निस्किए । सेवाग्राहीसँग कुर्नुको विकल्प भएन । नयाँ कम्पनी दर्ता तथा अद्यावधिक गर्ने एक मात्र निकाय राजधानी त्रिपुरेश्वरको कम्पनी रजिस्ट्रारको कार्याल...

हात्तीको पनि ! क्याट वाक बबकिनकलीलाई हात्ती सुन्दरीको ताज

हात्तीको पनि ! क्याट वाक बबकिनकलीलाई हात्ती सुन्दरीको ताज
काठमाडौँ । हात्तीको आफ्नै चाल हुन्छ । तर बिहीबार सौराहामा हात्तीले बिरालो चाल अर्थात ‘क्याट वाक’ पनि देखाए । पाँच हात्ती ‘सुन्दरी’ हुने प्रतिस्पर्धामा उत्रेका थिए । त्यसैले माहुतेको इशारामा उनीहरुले आ–आफ्नो कला पस्किए । सबैलाई उछिन्दै बबकिनकलीलाई यो पटकको ‘हात्ती सुन्दरीको’ उपाधि प्राप्त भयो । सौराहामा सञ्चालन हुने हात्ती महोत्सवका अनेक गतिविधिमध्ये ‘हात्ती सुन्दरी’ पनि एक हो । निर्णायकहरुल...

श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ
पर्सा । पर्सागढी नगरपालिका–५ बाट श्रीमतीको हत्या गरेको आरोपमा एक जनालाई पक्राउ गरिएको छ । एक महिना अगाडि गरिएको कुटपिटबाट पर्सागढी–५ पचरुखाकी २३ वर्षीय ललिता देवीको मृत्यु भएपछि देवीको श्रीमान २७ वर्षीय देवा महतोलाई पक्राउ गरिएको हो । महतोले कुटपिट गर्दा घाइते भएकी ललिताको नारायणी अस्पतालमा उपचारको क्रममा बिहीबार (आज) बिहान मृत्यु भएकाले इलाका प्रहरी कार्यालय पोखरीयाबाट खटिएको प्रहरीले उनलाई...

घाँस काट्ने क्रममा लडेर १ जनाको मृत्यु।

घाँस काट्ने क्रममा लडेर १ जनाको मृत्यु।
ईलाम । इलाम नगरपालिका १ लिङलिका ३५ बर्षीय कृष्ण बहादुर राईको लडेर मृत्यु भएको छ। आज बिहान नजिकै खेतमा रहेको बाँसमा चढी घाँस काट्ने क्रममा एक्कासी लड्दा राईको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय मंगलबारेले जनाएकोछ । घटनाको बारेमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

विराटनगरबाट लागु औषध सहित २ जना पक्राउ।

विराटनगरबाट लागु औषध सहित २ जना पक्राउ।
भारतबाट लुकाई छिपाई ल्याउदै गरेको लागु औषध सहित २ जना पक्राउ परेका छन् । बिराटनगर – १२ आईतवारेबाट बुधवार साँझ ६ बजेको समयमा प्रहरी चौकी बखरीबाट खटिएको प्रहरी टोलीले मोरङको सुनदर हरैचा नगरपालिका(४ का २१ बर्षीय सबिन कुमार चौधरी र १८ बर्षीय अजय चौधरीलाई लागुऔषध सहित पक्राउ गरेको हो । उनीहरुको साथबाट प्रहरीले फिनेरामिन १३ एम्पुल, डाईजोल्याप १३ पम्पुल, बुफ्रेनोरथिन १३ एम्पुल र प्रोथामिन हाईड्रो क्लोर...

चाइनिज पेस्तोलको ४ राउण्ड गोली सहित भोजपुरबाट एक जना पक्राउ

चाइनिज पेस्तोलको ४ राउण्ड गोली सहित भोजपुरबाट एक जना पक्राउ
भोजपुरबाट चाइनिज पेस्तोलको ४ राउण्ड गोली सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । हतुवागढी गाउँपालिका–९ भसुवाबाट गोली सहित दैलेख दुल्लु नगरपालिका–२ का २७ वर्षीय वीरेन्द्र बहादुर थापालाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय घोरेटारबाट खटिएको प्रहरीले चेकजाँच गर्ने क्रममा थापालाई उक्त पेस्तोल सहित फेला पारी नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक ...

प्रेमीको लिंग काट्ने प्रेमिका युवतीविरुद्ध अंगभंग कसुरमा मुद्दा

प्रेमीको लिंग काट्ने प्रेमिका युवतीविरुद्ध अंगभंग कसुरमा मुद्दा
प्रेमीको लिंग छेदनको आरोपमा पक्राउ परेकी प्रेमिकालाई अंगभंग कसुुर अन्तर्गत मुद्वा चलाइएको छ । लिंग छेदन गर्ने प्रेमिकामाथि के मुद्वा चलाउने भन्ने विषयमा अन्योल रहेको थियो । बुधबार सरकारी वकिल र प्रहरीबीचको छलफलमा अंगभंग कसुरमा मुद्वा चलाउने निर्णयमा पुगेको हो । ज्यानमार्ने उद्योग वा अंगभंगमध्ये जुन कसुरमा पनि मुद्दा चल्नसक्ने स्थिति रहे पनि मुद्दा बलियो पार्न सरकारी वकिल दोस्रो विकल्पमा पुगे...

जीप कर्णाली नदीमा खस्दा चार जनाको मृत्यु।

जीप कर्णाली नदीमा खस्दा चार जनाको मृत्यु।
काठमाडौं / बाजुराको हिमाली गाउँपालिका वडा नं. ७ मा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । ४ जना घाइते र एक जना बेपत्ता छन् । प्रदेश प्रहरी कार्यालय, सुदूरपश्चिमका एसएसपी देवबहादुर बोगटीका अनुसार से १ ज १०६४ नम्बरको जिप सडकबाट कर्णाली नदीमा खसेको थियो । घाइतेहरूलाई उद्धार गरी स्थानीय स्वास्थ्य केन्द्रमा उपचारका लागि पठाइएको बताइएकाे छ । हराइरहेका एक जनाको खोजीका लागि प्रहरी दर्घटनास्थ...

उच्च हिमाली भेगमा पुनः हिमपात, विद्युत् सेवा अवरुद्ध

उच्च हिमाली भेगमा पुनः हिमपात, विद्युत् सेवा  अवरुद्ध
सुदुरपश्चिम स्थित बैतडीका लेकाली क्षेत्रमा मौसममा बद्ली भएसँगै  हिमपात शुरू भएको छ । खोड्पे, श्रीभावर, ढोल्यामोड, सिगासधुरा लगायतका क्षेत्रमा बिहीबार फेरि हिमपात भएको हो । मङ्सिर अन्तिम साता यो वर्ष पहिलोपटक हिमपात भएको थियो । गएरातिदेखि मौसममा आएको परिवर्तनसँगै उच्च क्षेत्रमा हिमपात भएको स्थानीय बासिन्दाले बताएका छन् । हिमपातका कारण बढेको चिसोले जनजीवन प्रभावित भएको खोड्पेका स्थानीय मोहन वि...