ईलाम । इलाम नगरपालिका १ लिङलिका ३५ बर्षीय कृष्ण बहादुर राईको लडेर मृत्यु भएको छ। आज बिहान नजिकै खेतमा रहेको बाँसमा चढी घाँस काट्ने क्रममा एक्कासी लड्दा राईको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय मंगलबारेले जनाएकोछ । घटनाको बारेमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया