भोजपुरबाट चाइनिज पेस्तोलको ४ राउण्ड गोली सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

हतुवागढी गाउँपालिका–९ भसुवाबाट गोली सहित दैलेख दुल्लु नगरपालिका–२ का २७ वर्षीय वीरेन्द्र बहादुर थापालाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय घोरेटारबाट खटिएको प्रहरीले चेकजाँच गर्ने क्रममा थापालाई उक्त पेस्तोल सहित फेला पारी नियन्त्रणमा लिएको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया