पर्सा । पर्सागढी नगरपालिका–५ बाट श्रीमतीको हत्या गरेको आरोपमा एक जनालाई पक्राउ गरिएको छ ।

एक महिना अगाडि गरिएको कुटपिटबाट पर्सागढी–५ पचरुखाकी २३ वर्षीय ललिता देवीको मृत्यु भएपछि देवीको श्रीमान २७ वर्षीय देवा महतोलाई पक्राउ गरिएको हो ।

महतोले कुटपिट गर्दा घाइते भएकी ललिताको नारायणी अस्पतालमा उपचारको क्रममा बिहीबार (आज) बिहान मृत्यु भएकाले इलाका प्रहरी कार्यालय पोखरीयाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाइएको छ ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

तपाईको प्रतिक्रिया