प्रेमीको लिंग छेदनको आरोपमा पक्राउ परेकी प्रेमिकालाई अंगभंग कसुुर अन्तर्गत मुद्वा चलाइएको छ ।

लिंग छेदन गर्ने प्रेमिकामाथि के मुद्वा चलाउने भन्ने विषयमा अन्योल रहेको थियो । बुधबार सरकारी वकिल र प्रहरीबीचको छलफलमा अंगभंग कसुरमा मुद्वा चलाउने निर्णयमा पुगेको हो ।

ज्यानमार्ने उद्योग वा अंगभंगमध्ये जुन कसुरमा पनि मुद्दा चल्नसक्ने स्थिति रहे पनि मुद्दा बलियो पार्न सरकारी वकिल दोस्रो विकल्पमा पुगेको छ।

गत मंसिर २४ गते काठमाडौंको बौद्ध महांकालमा थिङ थरकी प्रेमीकाले आफ्नै कोठामा बोलाएर सुनुवार थरका प्रेमीको लिंग छेदन गरिदिएकी थिइन्।

परिवारले स्वीकार नगर्ने भन्दै प्रेमीबाट छुट्टिन प्रस्ताव गरेपछि आवेगमा आएर प्रेमिकाले लिंग छेदन गरेकी थिइन्। घटनालगत्तै प्रहरीले आरोपित युवतीलाई पक्राउ गरेको थियो ।

तपाईको प्रतिक्रिया