बलेरो पल्टदा एक जनाको मृत्यु

बलेरो पल्टदा एक जनाको मृत्यु
  भोजपुर / भोजपुरको षडानन्द नगरपालिका-१० खोट डाँडामा बलेरो पल्टदा एक जनाको मृत्यु भएको छ । सोमवार अपरान्ह पौने ५ बजेको समयमा खोट डाँडाट धरान तर्फ सुन्तला बोकेर आउँदै गरेको को २ च १७९२ नम्बरको बोलेरो अनियन्त्रीत भई बाटो देखि करिव १५ मिटर तल खसेर दुर्घटना हुँदा धरान उप-महानगरपालिका-१६ का २७ बर्षीय चालक फुर्वा तामाङ घाईते भएका हाे । घाईते चालकलाई उपचारको लागि मनकामना अस्पताल ...

मोटरसाईकल दुर्घटना हुदा एक जनाको मृत्यु

मोटरसाईकल दुर्घटना हुदा एक जनाको मृत्यु
  सुनसरी / सुनसरीमा मोटरसाईकल दुर्घटना हुदा एक जनाको मृत्यु भएकाे छ । सुनसरीको बर्जु गाउँपालिका-१ का २६ बर्षीय जय राम मेहेताको मोटरसाईकल दुर्घटनामा परी मृत्यु भएको हाे । सोमवार राती साँढे ८ बजेको समयमा चिमडीबाट शुक्रवारे तर्फ जाँदै गरेको को ११ प ८८७६३ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल चालकको उपचारको क्रममा बिराटनगरको गोल्डेन अस्पतालमा...

घर बनाउने क्रममा लडेर तेह्रथुममा एक जनाको मृत्यु

घर बनाउने क्रममा लडेर तेह्रथुममा एक जनाको मृत्यु
तेह्रथुम / घर बनाउने क्रममा लडेर तेह्रथुममा एक जनाको मृत्यु भएकाे छ । तेह्रथुमको छथर गाउँपालिका-१ का ७२ बर्षीय नर बहादुर लिम्बुको घर बनाउने क्रममा घरको १ तला माथीबाट लडेर मृत्यु भएको हाे । सोमवार बिहान ८ बजे आफ्नै घर बनाउने क्रममा घरको १ तलामाथीबाट लडेर घाईते भएका लिम्बुलाई उपचारको लागी बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपा पठाईएको थियो । लिम्बुको उपचारमा संग्लग्न चिकित्...

लेखा शाखामा कार्यारत एक कर्मचारी, १५ हजार घुससहित पक्राउ

लेखा शाखामा कार्यारत एक कर्मचारी, १५ हजार घुससहित पक्राउ
वीरगन्ज । वीरगन्ज महानगरपालिकाको लेखा शाखामा कार्यारत एक कर्मचारी घुस सहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडाबाट आएको टोलीले लेखा शाखामा कार्यारत कम्प्युटर अपरेटर राकेशकुमार जैसवाललाई १५ हजार घुस लिँदै गर्दा सोमबार पक्राउ गरेको हो । महानगरपालिका ३० मा उपभोक्ता समितिमार्फत निर्माण भएको ढलान सडकको भुक्तानीका लागि जयसवालले १५ हजार रुपैयाँ घुस मागेको र त्यहि रक...

आज गुरुङ समुदायले तमु ल्होसार मनाउँदै

आज गुरुङ समुदायले तमु ल्होसार मनाउँदै
काठमाडौं : प्रत्येक वर्ष पुस १५ गते गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर ‘तमुल्होसार’ पर्व मनाउँछन् । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको गुरुङ समुदायको विश्वास छ । यसवर्ष गएराति १२ बजे मृग वर्षलाई बिदाइ गरी मुसा वर्षलाई स्वागत गरिएको तमुल्होसार मूलआयोजक समितिले जनाएको छ । परापूर्वकालमा गुरुङ समुदायले वर्षलाई गन्न...

चितुवाको आक्रमणबाट एक बालकको मृत्यु

चितुवाको आक्रमणबाट एक बालकको मृत्यु
चितुवाको आक्रमणबाट तनहुँको शुक्लागण्डकी नगरपालिका–३ रातमाटामा सोमबार एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा २२ महिनाका बालक रविन नेपाली रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । घरको पिँढीमा बसेर खाना खाइरहेको अवस्थामा एक्कासी हराएका बालकको शव घरभन्दा एक किमी टाढा रहेको ढाङढुङ्गे ठूलोपाखा तीनपोखरी सामुदायिक वनमा भेटिएको जिल्ला प्रहरी कार्यालय तनहँुका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता लील...

मासु काट्ने मेशिनमा परेर मलेसियामा एक जना नेपालीको मृत्यु

मासु काट्ने मेशिनमा परेर मलेसियामा एक जना नेपालीको मृत्यु
मलेसियाको मलक्का राज्यमा कार्यरत् एक नेपाली कामदारको काम गर्ने क्रममा मासु काट्ने मेशिनमा परेर मंगलबार मृत्यु भएको छ। मलक्काको अग्नि नियन्त्रण विभागका जुल्खैरनी रम्लीका अनुसार ४७–वर्षीय ती नेपाली कामदार मस्जिद तनाह नजिकै रहेको एक मासु प्रशोधन फेक्ट्रीमा काम गरिरहेका बेला सो दुर्घटना भएको अन्तर्राष्ट्रिय समाचार एजेन्सी एएफपीले जनाएको छ। ‘अन्य तीन कामदारसँगै मृतकले त्यहाँ मर्मतसम्भारको काम गरि...

तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या

तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या
कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ सालघारीमा तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या गरिएको छ । केहीबेरअघि घरमा कोही नभएको मौका छोपी स्थानीयवासी इन्द्र चुनाराले तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले अभियुक्त चुनारा पक्राउ परिसकेको बताउँदै घटनाबारे विस्तृतमा अनुसन्धान भइरहेको जानकारी दिए।...

प्याज ल्याउन सहज बनाइदिने भन्दै घुस लिदै गर्दा एक सशस्त्र प्रहरी जवान पक्राउ

प्याज ल्याउन सहज बनाइदिने भन्दै  घुस लिदै गर्दा एक सशस्त्र प्रहरी जवान पक्राउ
विराटनगर/ विराटनगर बस पार्कबाट घुससहित सशस्त्र प्रहरी जवान पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले विराटनगर–११ बसपार्कबाट सशस्त्र प्रहरी जवान सचितनारायण विश्वासलाई घुससहित पक्राउ गरेको हो । मोरङको ग्रामथान गाँउपालिका–३ तेतरियाका विश्वास विराटनगर बसपार्कस्थित अप्सरा गेष्ट हाउसको एक किराना पसलबाट ५ हजार ५ सय घुससहित पक्राउ परेका हुन् । भारतबाट प्याज ल्याउन सहज बनाइद...

सरकारले भोली तमु ल्होसार पुस १५ मा सार्वजनिक विदा दिएन

सरकारले भोली तमु ल्होसार पुस १५ मा सार्वजनिक विदा दिएन
काठमाण्डौ ।  गुरुङ समुदायको मुख्य पर्व तमु ल्होसार पुस १५ मा सरकारले   विदा नदिने भएको छ । क्यालेण्डरमा तमु ल्होसार विदा भने पनि सरकारले अधिकारिक विदा दिएको छैन । वर्तमान सरकारले तमु ल्होसारको विदा कटौति गरेको गृहमन्त्रालयले जनाएको छ । सरकारले गुरुङहरुको तमु ल्होसारसहित अन्य जनजातिका पाँच पर्वमा सार्वजनिक विदा दिएकामा वर्तमान सरकारले कटौति गरी सम्बन्धित जातिलाई मात्रै विदा दिने निर्णय गरेको थि...