भोजपुर / भोजपुरको षडानन्द नगरपालिका-१० खोट डाँडामा बलेरो पल्टदा एक जनाको मृत्यु भएको छ । सोमवार अपरान्ह पौने ५ बजेको समयमा खोट डाँडाट धरान तर्फ सुन्तला बोकेर आउँदै गरेको को २ च १७९२ नम्बरको बोलेरो अनियन्त्रीत भई बाटो देखि करिव १५ मिटर तल खसेर दुर्घटना हुँदा धरान उप-महानगरपालिका-१६ का २७ बर्षीय चालक फुर्वा तामाङ घाईते भएका हाे ।

घाईते चालकलाई उपचारको लागि मनकामना अस्पताल तुम्लिङटार लगिएकोमा उपचारको क्रममा राती साँढे १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

तपाईको प्रतिक्रिया