विराटनगर/ विराटनगर बस पार्कबाट घुससहित सशस्त्र प्रहरी जवान पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले विराटनगर–११ बसपार्कबाट सशस्त्र प्रहरी जवान सचितनारायण विश्वासलाई घुससहित पक्राउ गरेको हो ।

मोरङको ग्रामथान गाँउपालिका–३ तेतरियाका विश्वास विराटनगर बसपार्कस्थित अप्सरा गेष्ट हाउसको एक किराना पसलबाट ५ हजार ५ सय घुससहित पक्राउ परेका हुन् । भारतबाट प्याज ल्याउन सहज बनाइदिने भन्दै सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा उनलाई पक्राउ गरिएको हो ।

तपाईको प्रतिक्रिया