वीरगन्ज । वीरगन्ज महानगरपालिकाको लेखा शाखामा कार्यारत एक कर्मचारी घुस सहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडाबाट आएको टोलीले लेखा शाखामा कार्यारत कम्प्युटर अपरेटर राकेशकुमार जैसवाललाई १५ हजार घुस लिँदै गर्दा सोमबार पक्राउ गरेको हो ।

महानगरपालिका ३० मा उपभोक्ता समितिमार्फत निर्माण भएको ढलान सडकको भुक्तानीका लागि जयसवालले १५ हजार रुपैयाँ घुस मागेको र त्यहि रकम लिँदै गरेको अवस्थामा उनलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो।

लेखा शाखाका प्रमुख रुपनारायण राउतको कार्यकक्षमा घुस रकम लिँदै गरेको अवस्थामा पक्राउ परेका जयसवाललाई हेटौडा लगिएको वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय सरावगीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया