तेह्रथुम / घर बनाउने क्रममा लडेर तेह्रथुममा एक जनाको मृत्यु भएकाे छ । तेह्रथुमको छथर गाउँपालिका-१ का ७२ बर्षीय नर बहादुर लिम्बुको घर बनाउने क्रममा घरको १ तला माथीबाट लडेर मृत्यु भएको हाे । सोमवार बिहान ८ बजे आफ्नै घर बनाउने क्रममा घरको १ तलामाथीबाट लडेर घाईते भएका लिम्बुलाई उपचारको लागी बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपा पठाईएको थियो ।

लिम्बुको उपचारमा संग्लग्न चिकित्सकले निजको उपचार हुन असम्भव रहेको भनी जानकारी गराएसंगै लिम्बुलाई घर तर्फ लैजाने क्रममा बाटोमा नै राती साँढे १० बजे मृत्यु भएको थियो । मृतकको शव परिक्षणको लागि जिल्ला अस्पताल धनकुटामा राखिएको साथै थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

तपाईको प्रतिक्रिया