के तपाईलाई पनि ईन्टरनेटको समस्या छ ? अब इन्टरनेट नचले पैसा मिनाहा !

के तपाईलाई पनि ईन्टरनेटको समस्या छ ? अब इन्टरनेट नचले पैसा मिनाहा !
काठमाडौं । मर्मतका लागि फोन गरेर बारम्बार बोलाउँदा पनि नआइदिने अनि अति कम गुणस्तरको इन्टरनेट प्रयोग गर्नुपर्ने बाध्यताबाट हैरान इन्टरनेट प्रयोगकर्ताका लागि यो समाचारको शीर्षक पत्यार नलाग्न सक्छ । इन्टरनेटको बिल समयमै भुक्तानी गर्नुपर्ने तर सम्झौता अनुसारको ‘स्पिड’ नपाउने, प्रयोगकर्ताका अहिलेका दुःख हुन् । प्रयोगकर्ताले व्यहोर्नुपरेका यस्तै बाध्यता समाधान गर्ने गरी नियामक नेपाल दूरसञ्चार प्राधिकरणल...

डोजर लगाइए पछि सिरहाको दलित बस्ती परालको ओछ्यान र त्रिपालको ओतमा

डोजर लगाइए पछि सिरहाको दलित बस्ती परालको ओछ्यान र त्रिपालको ओतमा
काठमाडौं । सिरहा नगरपालिका १ का दामोदर प्रधानांगले आफ्नो बाजे लालबहादुरले मन्दिरलाई दिएको जग्गा अतिक्रमण गरी घर बनाएको भन्दै गत शनिबार रामजी महरा, रामवृक्ष, रिझो, फूल्चो, समतौलिया महराको घर भत्काएका थिए । डोजर लगाएर घर भत्काएपछि चिसोमा दलित महरा परिवारले जिल्ला प्रशासन, नगरपालिका र संघसंस्थाले उपलब्ध गराएको त्रिपाल टाँगेर नजिकैको आँप बगैँचामा आश्रय लिएका छन्। यसरी चिसोमा त्रिपालमुनि बस्द...

काठमाडौका लागि छुटेको सुमो मकवानपुरमा दुर्घटना, ५ जनाको मृत्यु

काठमाडौका लागि छुटेको सुमो  मकवानपुरमा दुर्घटना, ५ जनाको मृत्यु
रौतहटको चपुरबाट काठमाडौंतर्फ जादै गरेको सुमो मकवानपुरमा दुर्घटना भएको छ । काठमाडौं-कुलेखानी-हेटौंडा सडक खण्डअन्तर्गत मकवानपुरको इन्द्रसरोवरमा सुमो जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । इन्द्रसरोवर गाउँपालिका-३ ओखर डाँडामा ना१ज ३४३३ नम्बरको सुमो जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको हो । चपुरबाट काठमाडौंतर्फ जाँदै गरेको सुमो दिउँसो १ बजेत...

झापामा ८ हजार घुससहित प्रहरी हवल्दार पक्राउ

झापामा ८ हजार घुससहित प्रहरी हवल्दार पक्राउ
झापामा ८ हजार घुससहित एक प्रहरी हवल्दार रंगेहात पक्राउ परेका छन् । उनलाई सेवाग्राहीसँग घुस लिई रहेको अवस्थामा दमक नगरपालिका–४ ताराबारीको काठमिलबाट रंगेहात अख्तियार दुरुपयोय अनुसन्धान आयोगले पक्राउ गरेको हो । पक्राउ पर्नेमा इलाका प्रहरी कार्यालय उर्लाबारीमा कार्यरत प्रहरी हवल्दार राजु श्रेष्ठरहेको अख्तियारले जनाएको छ । अख्तियारका अनुसार श्रेष्ठले काठ फर्निचर कारोबारमा सहजीकरण गर्छु भ...

प्रेमीसँग मिलेर आफ्नै आमाको हत्या गर्ने छोरी जन्मकैदको फैसला

प्रेमीसँग मिलेर आफ्नै आमाको हत्या गर्ने छोरी जन्मकैदको फैसला
भक्तपुर । प्रेमीसँग मिलेर आमाको हत्या गर्ने ईश्वरी भट्टराईलाई जन्मकैदको फैसला सुनाएको छ । उनीसँगै अन्य तीन जनालाई पनि जिल्ला अदालत भक्तपुरले बिहीबार जन्मकैदको फैसला सुनाएको हो । न्यायाधीश श्रीप्रकाश उप्रेतीको इजलासले अभियोग मागदाबी बमोजिम छोरी ईश्वरी र हत्यामा संग्लन अन्य तीन जनालाई जन्मकैदको फैसला गरेको श्रेस्तेदार घनेन्द्र अधिकारीले बताए । आफ्नो प्रेम सम्बन्धका विषयमा आमालाई थाहा भएको र अन...

रक्सी सेवनका कारण २६ जनाको मृत्यु

रक्सी सेवनका कारण २६ जनाको मृत्यु
विषाक्त रक्सी सेवनका कारण मङ्गोलियामा २६ जनाको मृत्यु भएको छ ।देशको राजधानी उलान बाटोरमा पछिल्लो एक महिनामा उनीहरुको मृत्यु भएको अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् । “यो डिसेम्बर महिनामा मात्रै रक्सी सेवनका कारण मृत्यु हुनेको संख्या नाटकीय रुपले बढेको छ, उनीहरु मध्ये अधिकांशको नयाँ वर्षका अवसरमा आयोजित कार्यक्रममा सहभागी भएर रक्सी सेवन गर्दा मृत्यु भएको हो,” प्रान्तीय सहरी प्रहरी विभागका प...

नक्कली बिल पेश गरि भ्रष्टाचार गरेको आरोपमा विष्ट विरुद्ध उजुरीअदालतमा मुद्दा

काठमाडौं–नक्कली बिल भरपाई पेश गरी सरकारी रकम लिई भ्रष्टाचार गरेको अभियोगमा जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका हात्तीपाइले कार्यक्रमका संचालक सि.अ.हे.व. मिनबहादुर विष्टविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विष्टउपर २ लाख ३४ हजार बिगो काय गरी कैद र बिगो बमोजिमको जरिवाना गर्न माग गर्दै शुक्रवार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्...

श्रीमानले छुरा प्रहार गर्दा श्रीमतीको मृत्यु

श्रीमानले छुरा प्रहार गर्दा श्रीमतीको मृत्यु
झापा / झापाको, शिवसताक्षी नगरपालिका-६ बस्ने ३९ बर्षीया फङके किस्कु मुर्मुको श्रीमानको छुरा प्रहारबाट मृत्यु भएको छ । भारतको डिगलबैक पञ्चायत घर भई झापाको शिवसताक्षी नगरपालिका-६ मा रहेको धानको काँटामा काम गरी सोही स्थानमा बस्दै आएका ४० बर्षीय शंकर भन्ने बुधराम मुर्मु र श्रीमती बिच बिहिवार राती ७ बजे घरायशी बिषयमा बादबिबाद भई तनाव पैदा हुँदा श्रीमानले एक्कासी छुरा प्रहार गर्दा श्रीमती गम्भीर घा...

टाटा सुमो दुर्घटना हुँदा ३ जनाको मृत्यु ५ जना घाइते

टाटा सुमो दुर्घटना हुँदा ३ जनाको मृत्यु ५ जना घाइते
हेटौंडा–काठमाडौंबाट हेटौ‌आउँदै गरेको ना १ ज ३४३३ नम्बरको टाटा सुमो हेटौंडा–काठमाडौं मार्गअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–३ मा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । दुर्घटनामा मृत्यु हुनेको पहिचान हुन बाँकी रहेकाे छ । दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन् । घाइतेलाई उपचारका लागि काठमाडौं ल्याइएको बताइएकाे छ । दुर्घटनाको कारण भने खुलेकाे छैन ...

छतबाट खसेर ५ वर्षीया बालिकाको मृत्यु

छतबाट खसेर ५ वर्षीया बालिकाको मृत्यु
११ पुस, काठमाडौं । काठमाडौंको टोखा नगरपालिका-६, ग्रिनल्याण्डमा घरको छतबाट खसेर ५ वर्षीया बालिकाको मृत्यु भएको छ । स्थानीय ग्रिनल्याण्ड स्कुलमा अध्ययनरत् अनिषा पौडेलको मृत्यु भएको हो । महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका डीएसपी उमेश लम्सालले  बुधबार पौडेल स्कुलबाट फर्किएर खेलिरहेका बेला ५ तलामाथिबाट खसेकी थिइन् । छतबाट खस्दा कम्पाउण्डको बारमाथि लगाइएको धारिलो रडमा उनी खोपिइन...