झापा / झापाको, शिवसताक्षी नगरपालिका-६ बस्ने ३९ बर्षीया फङके किस्कु मुर्मुको श्रीमानको छुरा प्रहारबाट मृत्यु भएको छ । भारतको डिगलबैक पञ्चायत घर भई झापाको शिवसताक्षी नगरपालिका-६ मा रहेको धानको काँटामा काम गरी सोही स्थानमा बस्दै आएका ४० बर्षीय शंकर भन्ने बुधराम मुर्मु र श्रीमती बिच बिहिवार राती ७ बजे घरायशी बिषयमा बादबिबाद भई तनाव पैदा हुँदा श्रीमानले एक्कासी छुरा प्रहार गर्दा श्रीमती गम्भीर घाईते भएकी थिईन् ।

घटनाको जानकारी पाए लगत्तै ईलाका प्रहरी कार्यालय शिवगंजबाट खटिएको प्रहरी टोलीले घाईतेलाई उपचारको लागी प्राथामिक स्वास्थ्य केन्द्र शिवगंज लगेकोमा उपचारको क्रममा राती साँढे ७ बजे मृत्यु भएको हो । श्रीमतीलाई छुरा प्रहार गरी हत्या गर्ने बुधरामलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने अन्य थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।

तपाईको प्रतिक्रिया