हेटौंडा–काठमाडौंबाट हेटौ‌आउँदै गरेको ना १ ज ३४३३ नम्बरको टाटा सुमो हेटौंडा–काठमाडौं मार्गअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–३ मा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

दुर्घटनामा मृत्यु हुनेको पहिचान हुन बाँकी रहेकाे छ । दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन् । घाइतेलाई उपचारका लागि काठमाडौं ल्याइएको बताइएकाे छ । दुर्घटनाको कारण भने खुलेकाे छैन ।

तपाईको प्रतिक्रिया