झापामा ८ हजार घुससहित एक प्रहरी हवल्दार रंगेहात पक्राउ परेका छन् ।

उनलाई सेवाग्राहीसँग घुस लिई रहेको अवस्थामा दमक नगरपालिका–४ ताराबारीको काठमिलबाट रंगेहात अख्तियार दुरुपयोय अनुसन्धान आयोगले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा इलाका प्रहरी कार्यालय उर्लाबारीमा कार्यरत प्रहरी हवल्दार राजु श्रेष्ठरहेको अख्तियारले जनाएको छ ।

अख्तियारका अनुसार श्रेष्ठले काठ फर्निचर कारोबारमा सहजीकरण गर्छु भनेर सेवाग्राहीसँग घुस लिदैं थिए ।

पक्राउ परेका हवल्दारमाथी थप अनुसन्धान भईरहेको अख्तियारले जनाएको छ ।

तपाईको प्रतिक्रिया