विवाहको आश्वासन दिई बलात्कार गरेको आरोपमा एक जना पक्राउ
विवाहको आश्वासन दिई १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले डाकनेश्वरी नगरपालिका–५ का २० वर्षीय सियाराम मण्डल खत्वेलाई पक्राउ गरेको छ ।
घरमा अन्य कोही नभएका बेला गत मंसिर १५ गते बलात्कार गरेको भन्दै पीडितकी आमाले दिएको उजुरीका आधारमा आरोपितलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कडरबोनाले जनाएको छ ।
इलाका प्रहरी कार्यालयले मंसिर ३० गते जबर्जस्ती करणीको उजुरी दर...










