इटहरीमा एक जनाकाे शब फेला परेकाे छ । गाेरखा बेकरी अगाडीकाे बेबिलाेन बाेडिङ स्कुल छेउमा एक जना अपरिचित व्यक्तीकाे शव फेला परेकाे हाे । सडकमा मागेर हिड्ने नाम थर नखुलेकाे ती व्यक्तीकाे अत्याधिक चिसाेका कारण मृत्यु भएकाे इलाका प्रहरी कार्यालय इटहरीले जनाएकाे छ ।

इटहरीमा बुधबार बाट चिसाे ह्वात्तै बढेकाे छ । अाज विहान इटहरीकाे तापक्रम १७ डिग्री सेल्सिएस मापन गरिएकाे छ । अझै तापक्रम घट्न सक्ने मौसमविदहरुले बताएका छन ।

तपाईको प्रतिक्रिया