काठमाडौं – हास्यकलाकार आनन्द थापाको ८० वर्षको उमेरमा निधन भएको छ ।

दुई वर्षदेखि प्यारालाइसिसबाट ग्रसित थापाको मंगलवार राति आफ्नै निवासमा निधन भएको हो ।

उनले दर्जनौँ नाटक, टेलिफिल्म, प्रहसन तथा महोत्सवमा आफ्नो प्रस्तुति दिएका थिए । उनले ‘मनको बाँध’ फिल्मबाट अभिनय यात्रा थालेका थिए ।

थापाको आज  बुधवार पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिने परिवार स्रोतले जनाएको छ ।

तपाईको प्रतिक्रिया