बिहीबार र शुक्रबार पानी पर्ने सम्भावना, देशभर चिसो अझै बढ्ने

बिहीबार र शुक्रबार पानी पर्ने सम्भावना, देशभर चिसो अझै बढ्ने
यतिबेला देशभर चिसो ह्वात्तै बढेको छ । बिहीबार र शुक्रबार वर्षा हुने सम्भावना रहेकाले चिसो थप वृद्धि हुने अनुमान गरिएको छ । बढ्दो चिसोसँगै मध्य पहाड र तराईमा हुस्सु र शीतलहर सुरु भएको छ । राजधानी काठमाडौँमा शनिबार अहिलेसम्मकै सबैभन्दा चिसो ०.६ डिग्री तापक्रम सूचीकृत (रेकर्ड) भएको छ । आइतबार विहान १ डिग्री तापक्रम सूचीकृत भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यो गतवर्ष डिसेम्बर महिनाको अन्ति...

रंगेलीमा ट्याक्टरको ठक्करबाट स्कुटर चालकको मृत्यु

रंगेलीमा ट्याक्टरको ठक्करबाट स्कुटर चालकको मृत्यु
रंगेली । रंगेली–बिराटनगर सडक खण्ड अन्तरर्गत धनपालथान गाउँ पालिका ३ स्थित कर्सिया बजारमा ट्याक्टरको ठक्करबाट स्कुटर चालकको ज्यान गएको छ ।  आईतबार साँझ पुर्वबाट पश्चिमी तर्फ आउदै गरेको को ३८ प १७७ नम्बरको स्कुटरलाई पुर्वतर्फ जाँदै गरेको को १ त ७८४३ नम्बरको ट्याक्टरले ठक्कर दिएको हो । ट्याक्टरको ठक्करबाट दुहबी २ का बर्ष १८ का रुपेश चौधरी गम्भीर घाईते भएकोमा उनको बिराटनगर स्थित कोशी अस्पतालमा उपचारका...

विवाह गरौँ भनेपछि प्रेमिले प्रेमिकाकाे हत्या, शव तमोरमा बगाइदिए

विवाह गरौँ भनेपछि प्रेमिले प्रेमिकाकाे हत्या, शव तमोरमा बगाइदिए
त्रिवेणी गाउँपालिका-२ चोकपुरकी १९ वर्षीया मन्दिरा अधिकारीको हत्या भएको खुलेको छ।१७ मंसिरदेखि बेपत्ता मन्दिराको शव भने अझै फेला परेको छैन। उनका प्रेमी रमेश अधिकारीले नै उनको हत्या गरेको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ। रमेशलाई प्रहरीले पक्राउ गरेको छ।रमेश नातामा मन्दिराका दाजु पर्ने व्यक्ति हुन्। रमेशले बयानमा मन्दिराको हत्या गरेको स्वीकारेको प्रहरीले जनाएको छ। ‘मन्दिरा र मेरो दुई...

ठूला सवारी लाइसेन्सको परीक्षा विधि परिवर्तन गरिने

ठूला सवारी लाइसेन्सको परीक्षा विधि परिवर्तन गरिने
ठूला सवारीसाधनको लाइसेन्सको परीक्षा विधि परिवर्तन गरिने भएको छ । सार्वजनिक सवारी दुर्घटना बढेपछि लाइसेन्सको परीक्षा प्रणाली परिवर्तन गरी थप व्यावहारिक बनाउन लागिएको यातायात व्यवस्था विभागले जनाएको छ । विभागले सङ्घीय सवारी तथा यातायात व्यवस्था ऐनमा ठूला सवारीसाधनको लाइसेन्स परीक्षा प्रणाली परिवर्तन गर्न प्रस्ताव गरेको छ । लिखित र प्रयोगात्मक परीक्षालाई अझ व्यावहारिक बनाइने यातायात व्यवस्था विभा...

ढुङ्गाले हानेर एटीएम मेसिनबाट रकम लुट्न खोज्ने २ जना पक्राउ

ढुङ्गाले हानेर एटीएम मेसिनबाट रकम लुट्न खोज्ने २ जना पक्राउ
काठमाडौं– काठमाडौंको चन्द्रागिरी नगरपालिका–७ थानकोटमा सिटिजन्स बैंकको एटीएम बुथ तोडेर रकम लुटपाट गर्न खोज्ने २ जना फक्राउ परेका छन् । एटीएम बुटको सटर तोडी एटीएम मेसिन फुटाउने क्रममा २ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा मुगुको सोरु गाउँपालिका–६ घर भइ काठमाडौंको दाउराडिपो बस्ने २४ वर्षीय चित्रबहादुर शाही र २० वर्षीय नन्दराज धराल छन् । प्रहरीका अनुसार उनीहरुले ढुंगा, पिलास र फल...

दैनिक फलफूल र सागसब्जी किन र कति खाने ?

दैनिक फलफूल र सागसब्जी किन र कति खाने ?
विराटनगर,/ व्यस्त जीवनशैलीका कारण मानिसहरू घरको खानेकुराभन्दा पनि बाहिर सजिलै पाउने प्याकेटका खानेकुरा तथा जंक फुडको अत्यधिक प्रयोग गरिरहेका छन् । यस्ता खानेकुराहरूको सेवन बढेसँगै फलफूल तथा सागसब्जीको सेवनमा कमी आइरहेको छ । फल तथा सागसब्जी भिटामिन, मिनिरल्स तथा माइक्रो न्युट्रियन्टको राम्रो स्रोत हो । यी तत्वहरूको कमीले मुटु, मधुमेह, प्रेसर तथा अन्य प्रकारका प्राणघातक रोगहरूलाई बढावा दिने क...

नेकपा सचिवालय बैठक, सभामुखका उम्मेदवार छनोट बारे छलफल

नेकपा सचिवालय बैठक, सभामुखका उम्मेदवार छनोट बारे छलफल
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक विना निष्कर्ष टुंगिएकाे छ । प्रधानमन्त्री निवास बालुवाटारमा अाइतबार  भएकाे बैठक विना निष्कर्ष टुंगिएकाे हाे । छलफलमा नयाँ सभामुखका प्रस्तावित उम्मेदवार छनोट र अमेरिकाले दिने भनेकाे मिलेनियम कर्पाेरिशन च्यालेञ्ज (एमसीसी) का विषयमा छलफल भएकाे थियाे । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार छलफलमा कुनै सहमति जुटेकाे छैन् । ...

पेस्तोल र विष्फोटक पदार्थसहित २ जना पक्राउ

पेस्तोल र विष्फोटक पदार्थसहित २ जना पक्राउ
ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–२ खोक्लिङका ३१ वर्षीय चन्द्रबहादुर बस्नेत १ थान कटुवा पेस्तोल र बिष्फोटक पदार्थसहित परेका छन् । बस्नेतको घरमा हतियार तथा विष्फोटक पदार्थसमेत रहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट खटिएको प्रहरी टोलीले बस्नेतको घर खानतलासी गर्ने क्रममा १ थान कटुवा पेस्तोल, ईलेक्ट्रिक डेटोनेटर ७ थान, नन ईलेक्ट्रिक डेटोनेटर १७ थान, टाईम सेटिङ डिभा...

घुर ताप्ने क्रममा जलेर १ महिलाको मृत्यु

घुर ताप्ने क्रममा जलेर  १ महिलाको मृत्यु
बारा– चिसोको समयमा घुर ताप्ने क्रममा लागेको आगोमा जलेर बरामा १ महिलाको मृत्यु भएको छ । बाराको प्रसौनी गाउँपालिका–७ बालुवा टोल बस्ने ७० वर्षीया सोना देवी साहको घुर ताप्ने क्रममा भएको आगलागीका कारण जलेर मृत्यु भएको हो । तराईंका जिल्लामा चिसोबाट जोगिन घुर ताप्ने गरिन्छ । आफ्नै घर भित्र तथा घर बाहिर आगनमा खाल्डो खनेर गोबरका गुइठा, स–साना काठका टुक्रा तथा सुकेका स्याउला र पराल हालेर आगो ताप्ने गर...

नर्स सोनम मृत अवस्थामा फेला

नर्स सोनम मृत अवस्थामा फेला
धनगढी उपमहानगरपालिका– ५ स्थित निसर्ग अस्पतालमा कार्यरत नर्स मृत अवस्थामा फेला परेकी छन् । धनगढी– ५ तारानगर ऐश्वर्या विद्यालय नजिक डेरा गरी बस्ने कञ्चनपुर, शुक्लाफाँटा नगरपालिका –१० की २० वर्षीया सोनम ऐर बन्द कोठाभित्र मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक प्रकाशसिंह कार्कीले आज जानकारी दिनुभयो ।