बारा– चिसोको समयमा घुर ताप्ने क्रममा लागेको आगोमा जलेर बरामा १ महिलाको मृत्यु भएको छ ।

बाराको प्रसौनी गाउँपालिका–७ बालुवा टोल बस्ने ७० वर्षीया सोना देवी साहको घुर ताप्ने क्रममा भएको आगलागीका कारण जलेर मृत्यु भएको हो ।

तराईंका जिल्लामा चिसोबाट जोगिन घुर ताप्ने गरिन्छ । आफ्नै घर भित्र तथा घर बाहिर आगनमा खाल्डो खनेर गोबरका गुइठा, स–साना काठका टुक्रा तथा सुकेका स्याउला र पराल हालेर आगो ताप्ने गरिन्छ । जसलाई घुर ताप्नु भनिन्छ ।

शनिबार साँझ ७० वर्षीया साहले पनि घर अगाडि घुर बालेकी थिइन् । सोही घुरबाट कपडामा आगो सल्किएर घाइते भएकी साहको उपचारका क्रममा नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्ज लगिएको थियो ।

वीरगन्जमा उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौं लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

तपाईको प्रतिक्रिया