गाउँपालिकाका अध्यक्ष र उनकी श्रीमती अपहरण
दैलेख / दैलेख जिल्लाकाे ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष धीबहादुर शाही र उनकी श्रीमती इला अपहरणमा परेकी छिन् ।
शाही दम्पतीलाई नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले शनिबार राति साढे १२ बजेकाे अपहरण गरेकाे दैलखेका सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षत्रीले जानकारी दिए ।
अध्यक्ष शाहीको भाइलाई भने अपहरण गरेको केही समयपछि छाडिएको उनले बताए । इला कृष्ण माध्यमिक विद्यालयको प्...










