फ्रान्समा बालबालिकाको यौन शोषण गरेको आरोपमा एक डाक्टरलाई प्रहरीले पक्राउ गरेको छ । यी सर्जनले ३ सय ४९ जना बालबालिको यौन शोषण र उनीहरुमाथि यौन शिंसा गरेको आरोप छ ।

६८ वर्षका ती डाक्६रमाथि कैयौं अनुसन्धान गरिएपछि सरकारी वकिलले यो कुराको जानकारी दिएका हुन् ।

शुक्रबार फ्रान्सको ब्रिटनी शहरमा सरकारी पक्षका चिफ प्रोसिक्युटर लरेनिन पिरेफिटले बताएअनुसार डाक्टरबाट म्भावित पीडितको संख्या ३४९ हुन सक्छ । ६८ वर्षका रिटायर्ड डाक्टर जोएल ली स्कर्नेकमाथि आरोप लागेको छ कि उनले ३० वर्षको करिअरमा यी अपराध गरेका थिए । जोएल एक डायरी राख्थे जसमा उनले बालबालिकामाथि गरेका यौनजन्य शोषण र हिंसाको विवरण लेखेका थिए ।

पुलिसले डायरीमा बालबालिकाको नाम पनि भेटेको छ । त्यसपछि पुलिसलाई ती बालबालिकाको परिवारसँग सम्पर्क गर्न सहज भएको छ । यद्यपि डाक्टरका वकिलले भने डायरीलाई नक्कली बताएका छन् । यसलाई फ्रान्समा बालबालिकाविरुद्ध सबैभन्दा ठूलो यौन हिंसाको घटना मानिएको छ । जोएल पेटका सर्जन थिए ।

डाक्टरविरुद्ध आगामी मार्चदेखि सुनुवाइ सुरु हुनेछ । आफ्नो करिअरमा डाक्टर फ्रान्सका फरक फरक ठाउँमा तैनाथ थिए । डाक्टरविरुद्ध एक ६ वर्षकी बिरामी बालिकाँगै उनका आफन्तमाथि यौन शोषणको पनि आरोप लागेको थियो । डाक्टरविरुद्ध लागेको यौनहिंसाका आरोपमध्ये कैयौं घटना वर्षौं पहिलेका छन् त्यसैले तिनीहरुमा मुद्दा चलाउन सम्भव हुने छैन ।

तपाईको प्रतिक्रिया