इटहरीबाट बनभोजको लागि भेडेटार हिडेको बस दुर्घटना भएकाे छ । इटहरीको बेबीलोन बोडिङ स्कुलको बस भित्तामा ठोकिएर दुर्घटना हुदा ९ जना विद्यार्थी घाईते भएको ट्राफिक प्रहरी कार्यलय इटहरीले जनाएको छ । इटहरीको जनता क्याम्पस र ज्योती माविका विद्यार्थीहरु मिलेर पिकनिक गएको बस दुर्घटनामा परेको बताइएकाे छ ।

बेबीलोन बोडिङ स्कुलको को १ क १८६६ नम्बरको स्कुल बसमा विद्याथीहरु बनभोज गएका थिए । दुर्घटनामा परेर विद्यार्थीहरु सोनु तामाङ, रोजिना सापकोटा,विधान लिम्बु,जेनिसा खेवा,सोहन मगर,पंकज मुखिया,निसा चौहान ,चालक द्धारिक विष्ट र सहचालक पदम खनाल घाईते भएको ट्राफिक प्रहरी कार्यलय इटहरीले जनाकरी दिएकाे छ ।

बनभोज हिडेको बस एक्कासी ब्रेक फेल भए पछि चालकले भित्तामा बस हानेर यात्रु जोगाउन सफल भएका थिए । घाईतेहरुको मुलघाटमा उपचार भईरहेको ट्राफिक प्रहरीले बताएकाे छ ।

तपाईको प्रतिक्रिया