बागलुङको खर्वाङ बजारबाट सिसाखानीतर्फ जाँदै गरेको जिप आज बिहान दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । घाइतेमध्ये दुईको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

लु१च ७७१८ नंको पिकअप जिप बडिगाड गाउँपालिका–२ सक्न्यार टुटीफेदमा दुर्घटना भएको हो । खर्वाङबाट बिरामी लिएर सिसाखानीतर्फ जाँदै गरेको सो जिप दुर्घटनामा परेको हो । दुर्घटनामा वडा नं ३ शिसाखानी बस्ने चालक रमेश श्रीष, सोही स्थानका शान्ति थापा, विविशा थापा, नुनु रेश्मी र चुराकुमारी थापा घाइते भएका छन् ।

तपाईको प्रतिक्रिया