विराटनगर / आज वर्षकै छोटो दिन । आज बिहान ६ बजेर ५१ मिनेटमा सूर्योदय भएको छ । भरे बेलुका ५ बजेर १४ मिनेटमा सूर्यास्त हुने छ । वर्षमा आज रात लामो र दिन छोटो हुन्छ ।

भोलीदेखि अलिअलि गर्दै दिन लामो र रात छोटा हुन सुरु हुने छ । हिजो (शनिबार) बिहान ६ बजेर ५० मिनेटमा झुल्किएको घाम बेलुका ५ बजेर १३ मिनेटमा अस्ताएको थियो ।

पृथ्वीको उत्तरी खण्डमा सबैभन्दा छोटो दिन आज परेको हो भने दक्षिणी खण्डमा आज वर्षको सबैभन्दा लामो दिन र रात छोटो हुन्छ ।

डिसेम्बर २०, २१ वा २२ मा दिन छोटो र रात लामो हुने गर्छ भने जुन २१, २२ र २३ मा दिन लामो र रात छोटो हुन्छ ।

तपाईको प्रतिक्रिया