दैलेख / दैलेख जिल्लाकाे ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष धीबहादुर शाही र उनकी श्रीमती इला अपहरणमा परेकी छिन् ।

शाही दम्पतीलाई नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले शनिबार राति साढे १२ बजेकाे अपहरण गरेकाे दैलखेका सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षत्रीले जानकारी दिए ।

अध्यक्ष शाहीको भाइलाई भने अपहरण गरेको केही समयपछि छाडिएको उनले बताए । इला कृष्ण माध्यमिक विद्यालयको प्रधानाध्यापक छिन् । हस्तबहादुर पनि शिक्षण पेशामै आबद्ध छन् ।

गाउँपालिकाको बजेट दुरुपयोग गरेको भन्दै अध्यक्ष शाहीलाई पहिला पनि विप्लव नेतृत्वको नेकपाले चेतावनी पत्र दिएको थियो । अपहरणमा परेका शाही दम्पतीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया