खोटाङमा खोलामा डुबेर तीन वर्षीय बालकको ज्यान गयो
खोटाङमा खोलामा डुबेर तीन वर्षीय बालकको ज्यान गएको छ । सावा खोलामा खेल्नेक्रममा डुबेर खोटेहाङ गाउँपालिका–३ सावाकटहरे रातामाटाका ३ वर्षीय साहिल राईको ज्यान गएको हो ।
ठूला अभिभावक खोला किनारको खेतमा धान काट्न व्यस्त भएकोबेला अन्य केटाकेटीसँगै खोलामा खेल्न जाँदा बालक खोलामा डुवेको ईलाका प्रहरी कार्यालय खोटाङबजारका प्रहरी निरिक्षक सुर्यनारायण माझीले बताए ।
बेँसीको धान काट्नका लागि गाउँबाट अभिभा...






