मोरङको सुकुना माविका विद्यार्थीले बनाए म्युजिक भिडियो
सुन्दरहरैचा । मोरङको सुन्दरहरैंचा–१० मा रहेको सुकुना माध्यमिक विद्यालयका विद्यार्थीले विद्यालयको सकारात्मक पक्ष र विद्यार्थी जीवनमा शैक्षिक गुणस्तर सुधारसँग सम्बन्धित म्युजिक भिडियो बनाएका छन् ।
‘हाम्रो सुकुना राम्रो सुकुना’ शीर्षकको उक्त म्युजिक भिडियो कक्षा १२ सिभिल इन्जिनियरिङतर्फ अध्ययनरत एन्जल मिश्रले लेखेको गीतमा उनकै स्वर छ भने म्युजिक भिडियो पनि उनैले निर्देशन गरेका छन् । म्युजिक भिडियो...











