कलंकीमा पूर्वउपसचिवको घरमा अचानक गोली चल्यो
सिकार खेल्न प्रयोग गरिने इजाजतप्राप्त हतियारबाट पूर्वउपसचिव विष्णुप्रसाद शर्माको घरमा गोली प्रहार भएको छ।
काठमाडौं-१४ कलंकीस्थित शर्माको घरमा सोमबार राति साढे ८ बजे टुटु राइफलबाट गोली चलेको हो। एकदमै कम दूरीबाट चलेको गोलीले शर्माको घरको तेस्रो तलाको सिसाको झ्याल छेडेको छ।
सिसा फुटेर केही चिजभित्र छिरेको आवाज आएपछि पढिरहेकी शर्माकी छोरी आत्तिएकी थिइन्। कोठामा सानो गोली फेला परेपछि प्रहरीमा खब...








