ससुराली हिँडेका केदारले गरे बाटैमा श्रीमतीको हत्या
१९ कात्तिक, वीरगञ्ज । पर्साको जिराभवानी गाउँपालिका–३ परसवाकी १९ बर्षीया निपुदेवीको श्रीमानले नै हत्या गरेको पुष्टि भएको छ ।
निपुदेवीका श्रीमान २८ बर्षीय केदार भन्ने रामबाबु हजरा दुसादलाई प्रहरीले पक्राउ गरेको छ । उनले पनि श्रीमातीको हत्या गरेको स्वीकार गरेको प्रहरीले बताएको छ ।
प्रहरीकाअनुसार केदार सालीको गौनामा सहभागी हुन श्रीमतीलाई लिएर भारतको बेतिया जिल्ला बरवा पञ्...










