ट्रयाक्टर पल्टिदा ११ मजदुर घाइते
धादिङ / सडक निर्माणको काममा गइरहेको ट्रयाक्टर दुर्घटनामा परि ११ जना मजदुर घाइते भएका छन् । धादिङबेसी सल्यानटार सडक नव कान्तिपुर कन्स्ट्रक्सन निर्माणको काम गरिरहेका मजदुर बोकेको ट्रयाक्टर शनिबार बिहान पल्टिएर दुर्घटना भएको हो ।
मजदुर बोकेर काम गर्ने ठाउँमा जाँदै गर्दा ना ६ त २७८० नम्बरको ट्रयाक्टर पल्टिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकार...











