धादिङ / सडक निर्माणको काममा गइरहेको ट्रयाक्टर दुर्घटनामा परि ११ जना मजदुर घाइते भएका छन् । धादिङबेसी सल्यानटार सडक नव कान्तिपुर कन्स्ट्रक्सन निर्माणको काम गरिरहेका मजदुर बोकेको ट्रयाक्टर शनिबार बिहान पल्टिएर दुर्घटना भएको हो ।

मजदुर बोकेर काम गर्ने ठाउँमा जाँदै गर्दा ना ६ त २७८० नम्बरको ट्रयाक्टर पल्टिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए । तीव्र गतिमा गुडेको ट्रयाक्टर अनियन्त्रित भएर पल्टिएको प्रहरीले जनाएको छ । घाइेतमध्ये तीन जनाको अवस्था सामान्य छ भने ८ जनाको अवस्था गम्भीर छ ।

घाइतेमध्ये जाजरकोट जिल्ला छेडागाँउ नगरपालिकाका कर्णबहादुर चदरालाई धादिङबेसी स्थित जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि चितवन मेडिकल कलेज भरतपुर पठाइएको छ । जाजरकोट जिल्लाबाट काम गर्न आएका हरिबहादुर शाही, कर्णबहादुर शाही, तेजबहादुर राउत, मेनबहादुर शाही, पूर्णबहादुर डाँगीलगायतका १० जना मजदुरको जिल्ला अस्पालमा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया