सुनेर हामी हैरान हुने गर्दछौ । भारतमा पोला पर्वको अवसरमा साँढेको पूजा गरिन्छ ।

उक्त पर्वमा साँढेलाई बिभिन्न परिकारहरु ख्वाएर सुनका गरगहनाले सजाउने गरिन्छ । तर भारतको महाराष्ट्रका एक परिवारलाई साँढेको पुजा निकै महंगो साबित भएको छ ।

 

भारतको महाराष्ट्रको अहमदनगरस्थित रायटे वाघापुर गाउमा एक महिलाले साँढेको पुजा गर्ने क्रममा करिब २ लाख पचास हजार रुपैयाँ बराबरको सुनको मंगलसुत्र लगाइदिइन् ।

सोहि बेला अचानक बिजुली गयो । बिजुली गएपछि उनी मैनबत्ती लिन घरभित्र पसिन् । त्यहि बेला साँढेले उनको मंगलसुत्र निलिदियो ।

मंगलसुत्र निलेको देखेपछि उनले हतारमा परीवारको सदस्य डाकिन् । त्यतिबेला सम्म साँढेले आधा मंगलसुत्र निलिसकेको थियो ।

ती महिलाका पतिले साढेको मुखभित्र हात हालेर मंगलसुत्र निकाल्न खोजे । जसोतसो आधा मंगलसुत्र निस्कियो ।

आधा मंगलसुत्र निलेको साढेको गोबरमा ८ दिनसम्म मंगलसुत्र खोजियो । तर साढेले निलेको मंगलसुत्र गोबरमा निस्कएन । त्यसपछि साढेको पशु चिकित्सद्वारा शल्यक्रिया गरियो । र साँढेको पेटबाट आधा मंगलसूत्र निकालियो ।

तपाईको प्रतिक्रिया