जुम्ल्याहा बच्चाको मृत्यु भएपछि धरानको बीपी प्रतिष्ठानमा तनाव
सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकको लापरवाहीले जुम्ल्याहा बच्चाको मृत्यु भएको पीडितहरुले आरोप लगाएका छन् ।
धरान–१५ बस्ने ३० वर्षीया सविना श्रेष्ठ सुत्केरी व्यथाले च्यापेपछि प्रतिष्ठान भर्ना भएकी थिइन् । श्रेष्ठको गर्भमा रहेको जुम्ल्याहा बच्चामध्ये एउटा गर्भमा नै मृत्यु भएको र अर्को बच्चा जीवितै हुनसक्ने भन्दै प्रतिष्ठानका चिकित्सकले अपरेशन गरेका थिए । अपर...











