नेपाल कराते महासङ्घको साधारणसभा विवादित बनेको छ। महासङ्घका अध्यक्ष युवराज लामाकै निजी निवास, बारा जिल्लाको निजगढस्थित ताराइनमा सम्पन्न उक्त साधारणसभामा महासङ्घका वरिष्ठ पदाधिकारीहरू नै अनुपस्थित रहेपछि यसको वैधानिकता र पारदर्शितामाथि प्रश्न उठेको छ।

साधारणसभामा महासंघ अध्यक्ष युवराज लामाकी सहोदर दिदी मिना लामा प्रमुख अतिथिका रूपमा उपस्थित थिइन् तर महासङ्घका वरिष्ठ उपाध्यक्षहरूसहित धेरैजसो पदाधिकारीहरू अनुपस्थित रहेका थिए।सितोरियो बाहेकका गोजुरियो,बादोरियो र सोतोकान करातेबाट निर्बाचित पदाधिकारी तथा सदस्य लगायत कोही पनि प्रतिनिधि उपस्थित रहेका थियनन जसले गर्दा संस्थाभित्र आन्तरिक असन्तुष्टि रहेको देखाएको छ।
साधारणसभामा अाफु अनुकुलताका कृतिम सदस्यहरुको बहुसंख्यक उपस्थिति रहेको देखिएको थियो ।

साधारणसभामा अनुपस्थित पदाधिकारीहरू:हरिशरण के.सी. (वरिष्ठ उपाध्यक्ष)डा. ओमकृष्ण प्रसाई (उपाध्यक्ष)मकेन्द्र बहादुर सिंह (उपाध्यक्ष)प्रकाश मोहन दौवडेल (उपाध्यक्ष) श्याम शेर्पा (उपाध्यक्ष)बलराम मित्र (सचिव)ध्वजमान मोक्तान (सचिव)यादव काफ्ले (सदस्य)गोपाल महर्जन (सदस्य)कृष्ण गौतम (सदस्य)हिक्मत थपलिया (सदस्य)रवि महर्जन (सदस्य)राजिव बिक्रम थापा (सदस्य)शशी कुमार तितुङ (सदस्य)दिलिप राज भण्डारी (सदस्य)सन्जय कुमार राई (सदस्य)मिलनराज प्रसाईं (सदस्य)मेनुका ठाकुर (सदस्य)डोल्मा शेर्पा (सदस्य)राधिका देउला (सदस्य)

साधारणसभामा उपस्थित पदाधिकारीहरू:
युवराज लामा (अध्यक्ष)देवकुमार लामा दावा गुरुङ

 मजिन्द्र सिंह, किशोर भट्टराई, कमला राना, राम सिंह ठकुरी, अमिर राई, राजेन्द्र बराल, गजेन्द्र सावद

तारा ओली, दिलिप राज भण्डारी ३२ सदस्यीय केन्द्रिय कमिटीमध्ये केवल १२ जना मात्र उपस्थित रहेका थिए जसले साधारणसभाको औपचारिकता र निर्णय प्रक्रियाप्रति शंका उत्पन्न गरेको छ। महासङ्घभित्र आन्तरिक विवाद तथा व्यवस्थापकीय कमजोरी रहेको देखिन्छ।

महासङ्घका अन्य पदाधिकारीहरूले औपचारिक धारणा नदिए पनि उनीहरूको अनुपस्थितिले संगठनभित्रको एकता र पारदर्शितामा कमजोर रहेको संकेत दिएको छ। आगामी दिनमा महासङ्घको नेतृत्व तथा कार्यशैलीमा सुधार आउँछ कि संस्था भित्रको विवाद अझ चर्किन्छ भन्ने समयले देखाउनेछ।
एसियन प्रतियोगितामा मेडल प्राप्त गरेको कराते खेलमा अनावश्यक राजनीति भईरहेको हुनाले खेलकुद मन्त्रालयको समेत ध्यानाकर्षण हुन जरुरी देखिएको छ।

तपाईको प्रतिक्रिया